युरोकप २०१६ – इंग्ल्यान्ड रुस संग १-१ को बराबरीमा रोकियो

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएको इंग्ल्यान्ड र रुसबीचको खेल १-१ को बराबरीमा सकिएको छ।फ्रान्समा जारी प्रतियोगिताका अन्तर्गतको खेलको ७३ औं मिनेटमा एरिक डाएरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए तर खेलको अतिरिक्त समयमा रुसका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याए र खेल १-१ को बराबरीमा सकिएको हो ।
शनिबार राती नै भएको अर्को खेलमा वेल्स र स्विट्जरल्याण पनि विजयी भएका छन् । वेल्सले स्लोभाकियालाई २-१ ले पराजित गरेको हो भने स्विट्जरल्याणले अल्बानियालाई १-० ले हराएको हो ।