हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

चित्त बुझाउन सरकार तयार: प्रधानमन्त्री

olii
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति चित्त नबुझेको भन्दै आन्दोलनमा रहेका दलहरुलाई के संशोधन गरे चित्त बुझ्ने भनी प्रष्ट पार्न आह्वान गरेका छन्।

खासगरी प्रदेश सीमांकन तथा समावेशी समानुपातिक प्रावधानलाई देखाएर लामो समयदेखि आन्दोलनरत तराई केन्द्रित दलहरुलाई प्रधानमन्त्रीले स्पष्ट पारे जायज विषय संशोधनमार्फत सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।

अनशन

गत महिना प्रधानमन्त्रीले चिठी लेखेर डाकेपनि वार्ताको वातावरण सरकारले बनाउन नसकेको भन्दै तराई केन्द्रित दलहरु छलफलमा गएनन्।
हाल उनीहरु काठमाण्डौंको खुल्लामञ्चमा रिले अनशन गरिरहेका छन्।

उनीहरुले खासगरी प्रदेशको सीमांकन, नागरिकता, समावेशी समानुपातिक प्रावधान आदिमा संविधानले विभेद गरेको भन्दै विगतमा ११ बुँदे माग सरकारलाई बुझाएका थिए।

तर शनिबार बोल्ने क्रममा प्रधानमन्त्री ओलीले ती माग प्रष्ट नभएको बताए।रेडियो नेपालका संस्थापक स्वर्गिय तारिणी प्रसाद कोइरालाको स्मृतिमा निर्माण गर्न लागिएको सञ्चारग्राम भवनको शिलान्यास कार्यक्रमलाइ विराटनगरमा संबोधन गर्दै उनले भने, “आउनुस् कुराकानी गरौं भनेर वार्तामा बोलाइरहेको छु। केही तपाईंहरुका जायज कुरा छन् भने यो जनताको सरकार हो र यसले जनताका जायज मागको सम्बोधन गर्छ भनेको छु। के पुगेको छैन? कसको अधिकार कुण्ठित छ? कसको अधिकार खोसिएको छ? गन्तव्य र स्पष्टता नभएको अमूर्त कुराहरु मात्र गरेर हुँदैन।”

मागबारे स्पष्टता भए आफु संविधान संशोधन गर्न तयार रहेको प्रधानमन्त्री ओलीले पटक पटक दोहोर्याए।

“भारतमा सवा सय पल्ट संविधान संशोधन भइसक्यो। हामीकहाँ पनि पर्छ भने संशोधन गरौं न त। कहाँनेर गर्ने? कुन ठाउँमा संशोधन गर्ने? चित्त बुझाउन यो सरकार तयार छ। चित्तको पोको त खोल्नोस्। के हो चित्त? के गर्नु पर्यो? सरकार तयार छ। सानातिना कुरा टुंग्याउन म सबैलाई आग्रह गर्छु। अब आर्थिक विकासपट्टि लागौं,” उनले भने।

प्रधानमन्त्री ओलीले अन्य दलका नेताहरुलाई पनि, उनकै शब्दमा, अमूर्त ढंग अनि लोकप्रियतावादी शैलीले समस्या सम्बोधन हुनु पर्यो भनी नबोल्न आग्रह गरे। @ बीबीसीनेपाली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution