हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कोमामा रहेको कामदार स्वदेश झिकाउ: संसदीय समिति

Koma

जेष्ठ २८, २०७३- व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशी अस्पतालको कोमामा रहेका नेपाली कामदारहरुलाई स्वदेश झिकाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । श्रम विभागका महानिर्देशक, श्रम मन्त्रालयका प्रवक्ता र अन्य सरोकारवालाहरुको बैठकमा समिति सभापति प्रभु शाहले वषौदेखि विदेशी अस्पतालको कोमामा कामदार रहनु राम्रो विषय नभएको बताए ।

शाहले त्यस्ता कामदारलाई जतिसक्दो छिटो स्वदेश झिकाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । शाहले कान्तिपुरसँग कुरा गर्दै भने, ‘विदेशी अस्पतालको कोमामा रहेको कामदारलाई स्वदेश झिकाउने र उपचारमा पहल गर्न निर्देशन दिएका छौं ।’

मन्त्रालयका प्रवक्ता भरतमणि भूर्तेल वर्षौदेखि विदेशी अस्पतालको कोमामा रहेको नेपाली कामदार ल्याउन परिवारको पहिलो स्विकृति आवश्यक हुने बताउँछन । बिरामीका आफन्तले सहमति नजनाएकै कारण वा उनीहरुले पर्याप्त पहल नगरेकै कारण कोमामा रहेको नेपाली श्रमिकलाई ल्याउन नसकिएको उनी बताउँछन् ।

‘अब परिवारको सहमतिबिना सरकारले ल्याएर राख्न पनि व्यवहारिक रुपमा सम्भव छैन’, प्रवक्ता भूर्तेलले भने, ‘तर राज्य दायित्वबाट भाग्न मिल्दैन । हामी यस विषयमा फेरी छलफल गछौं ।’

श्रम विभागका महानिर्देशक शत्रुघ्न पुडासैनी कोमामा रहेका कामदारलाई नेपाल ल्याउने विषयमा श्रम मन्त्री र श्रम मन्त्रालयका सचिवलाई जानकारी गराउने बताउँछन । उनले कान्तिपुरसँग भने, ‘यो साँच्चै गम्भीर विषय हो ।’

समितिको बैठकमा वैदेशिक रोजगारीमा ब्याप्त ठगीको विषयमा पनि कुरा भएको थियो । बैठकमा श्रम विभागका महानिर्देशक शत्रुघ्न पुडासैनीले दुई वर्षमा विभागमा परेका बैदेशिक रोजगारीसम्बन्धी ठगीका घटना र त्यसमा विभागले गरेको कारबाहीको बिषयमा जानकारी दिएका थिए ।

महानिर्देशकका अनुसार पछिल्लो आर्थिक बर्षका दस महिनामा मात्रै व्यक्तिगत ठगीका चार सय ८२ र संस्थागत ठगीमा एक हजार एक सय ७४ उजूरी परेका थिए । तीमध्ये व्यक्तिगत ठगीका ६७ र संस्थागत तीन सय ५३ उजुरीको निप्टारा लगाइएको थियो ।

विदेशी अस्पतालको कोमामा रहेका नेपालीबारे कान्तिपुरले शृ‌खलाबद्धरुपमा समाचार प्रकाशित गर्दै आइरहेको छ । ती सामग्रीहरु पढ्नुहोस् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution