नयाँ शक्ति नेपाल द्वारा झापामा बन्दको बिरोध

आज मिति २०७३ जेष्ठ २७ गते बिहीबारका दिन शान्ति, निकास, बिकास र बिचार मुल नारासहित स्थापित सामाजिक संगठन “नयाँ शक्ति नेपाल” झापा जिल्ला समन्वय समितिको आयोजना साथै स्थानीय युवाहरूको सहयोगमा आयोजित बन्द बिरुद्ध युवा एकताको प्रथम प्रयास सम्पन्न भएको छ।
झापाको बुधबारेबाट धाईजन,चारआली,बुट्टाबारी हुदै बिर्तामोड मुक्तिचोक सम्मको यात्रा पुरा गरि शनिश्चरे, जयपुर हुदै पुःन बुधबारे आएर उक्त शान्तिपूर्ण प्याली कोणसभामा परिणत भएको थियो । उक्त कोषसभामा नयाँ शक्ति नेपालका बक्ताहरूले आउदा दिनहरूमा अझ ससक्त ढंगले राष्ट्रव्यापी रुपमा बन्दको बिरोध गर्ने जानकारी दिदै युवा एकताका लागि पहल गर्नु पर्ने बताउनु भएको थियो ।
सो कार्यक्रममा बोल्दै नया शक्ति नेपाल (घनश्याम) का केन्दृय सदस्य कृष्ण ढकालले युवाको एकता नै आजको आवस्यकता हो र अब देशलाइ युवा एकताले नै निकाश दिन सक्छ भन्दै सबै युवा आफ्नो आफ्नो क्षेत्र बाट उठ्नु पर्ने बताउनु भएको थियो । सो बन्द बिरुद्धको र्यालिमा नया शक्ति नेपालका डिल्ली खतिवडा; पोस्ट बहादुर बानिया; लिला बास्तोला;दुर्गा सिग्देल; सबिन भट्टराई लगायत उल्लेख्य अभियन्ता तथा स्थानियको सहभागिता थियो ।
बन्द बिरुद्धको र्यालीमा निम्न बुदाहरुमा केन्द्रित रहेको थियो….
– श्रम जीवीहरुको श्रम नखोसौ
– बन्द मुक्त समाजको निर्माणमा सहयोग गरौ
– बन्दले देश बन्दैन
– बन्दलाई सधैंका लागि बन्द गरौं
-बन्द समस्याको समाधान होइन, यसको अवज्ञा गरौं
– सर्वसाधारणको दिनचर्या कष्टकर नबनाअौ
– आफ्नो अधिकार पुरा गर्न अरुको अधिकार कुण्ठित नगरौं