नेपाल तामाङ घेदुङ इजरायल द्वारा सहयोग हस्तान्तरण

नेपाल तामाङ घेदुङ,इजरायल द्वारा नेपाल तामाङ घेदुङ (केन्द्र) को कार्यालयलाई आवश्यक भौतिक सामग्री खरिद गर्नको लागि केन्द्रिय घेदुङको कार्यालय पुतलीसडक काठमाडौंमा ८ जुन २०१६ (बुधबार) का दिन घेदुङको अध्यक्ष मोहन गोले तामाङलाई इजरायल घेदुङको तर्फबाट संस्थाको निबर्तमान संरक्षक जीवन लामा तामाङ मार्फत नेपाली रुपियाँ ५०,००० (अक्षेरुपी:पचास हजार) नगद सहयोग हस्तान्तरण गरेको छ |
देशको लोड सेडिंग (विधुत)बाट कार्यालयको काममा बाधा पुग्न गएको समस्यालाई मध्य नजर गर्दै सौजन्य स्वरूप Inverter (इन्भेर्टर) र अन्य आवश्यक भौतिक सामग्री खरिद गर्नको निम्ति सहयोग गरेको नेपाल तामाङ घेदुङ,इजरायलकी महासचिव गोमा तामाङ (शरिन)ले जानकारी दिनु भएको छ |