तिमि र म मा भेदभाव किन !

तिमि र म मा भेदभाव किन !
तिमी तिम्रै भाषामा स्कुल पढछौ
तिमी तिम्रै भाषामा सर सग सम्बाद गर्छौ ।
न म मेरो भाषामा पढ्न पाउन्छु
न म मेरो भाषामा सर सग बोल्न पाउन्छु ।
तिमी पनि नेपाली म पनि नेपाली
अनि तिमी र म मा किन भेदभाव !
सरकारी अफिसमा तिमी तिम्रै भाषामा बोल्छौ ।
त्यहाँ तिम्रै भाषामा लेखापढी हुन्छ
म त्यहाँ मेरो आफ्नो भाषा बोल्न पाउन्दैन
तिम्रो भाषा चल्दैन यहाँ भनी फर्काउन्छ मलाई
तिमी पनि नेपाली म पनि नेपाली
अनि तिमी र म मा किन भेदभाव !
तिमी आफ्नै पोशाकमा सजिन्छौ त्यहाँ
दौरा सुरुवाल र ढाका टोपीमा
न त्यहाँ मेरो हाकु पतासी लाउन पाउन्छ
न त्यहाँ शेर्पाले बकु लाउन पाउन्छ
तिमी पनि नेपाली हामी पनि नेपाली
अनि तिमी र हामीमा किन भेदभाव !
अफिसमा हाम्रो दुर्गा माताको पुजा हुन्छ
दशैमा टीका हुन्छ आशिर्वाद हुन्छ
तर त्यहा किन बुद्ध पुजा हुन्दैन
किन त्यहा अरु धर्म चल्दैन
हामी पनि नेपाली उनिहरु पनि नेपाली
अनि किन हामी र उनीहरुमा भेदभाव !
तिमिले अफिसमा तिम्रो भाषा बोल्दा राष्ट्रबादी हुने
तिमीले अफिसमा तिम्रै पोसाक लाउन्दा राष्ट्रबादी हुने
हामीले पनि तिमिले जस्तै हाम्रै भाषा बोल्न पाउनु पर्छ
हाम्रै पोसाक लाउनु पर्छ भन्दा हामी किन देश द्रोही ?
तिमी पनि नेपाली हामी पनि नेपाली
अनि तिमी र हामीमा किन भेदभाव !
– नरेश कुमार श्रेष्ठ
इजरायल