हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

जनतालाई झुटो आश्वासन बाँडेर देश चल्दैन

Sheer-Bahadur-Deuwa

काठमाडौँ, जेठ २६ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताउनुभएको छ । सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा आज बोल्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झुटो आरोपले देश चल्दैन । ”

सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप बताउनुभयो । उहाँले यो कार्यको विरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली काँग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गर्नुभयो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेर समीक्षा गर्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेता पौडेलले नेपाली चेलीले सगरमाथाको शिखर आरोहण गरेर विश्व कीर्तिमान राखेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कीर्तिमानी महिलाले नेपालको गौरव बढाएको र यसले संसारमा नेपाललाई चिनाउन थप मद्धत पुग्ने विश्वास गर्नुभयो ।

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर कीर्तिमान राखेर नेपालको कद हिमाल चढेर देशको इज्जत बढाएको भन्दै प्रशंसा गर्नुभयो ।

तीन आरोहीलाई सम्मान

सङ्खुवासभा जिल्ला मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोही सम्मानित हुनभएको छ । नेपाली काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता पौडेलले लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा सम्मान गर्नुभएको हो । तीनै आरोहीलाई देउवाले सम्मान पत्रले सम्मानित गर्नुभएको हो । कीर्तिमानी आरोही लाक्पा शेर्पाले सातपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।

लाक्पा पहिलोपटक सुस्मा कोइराला मेमोरियल ट्रष्टमार्फत सगरमाथा आरोहण गर्नुभएको थियो । सोही बेला उहाँलाई पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सम्मान गर्नुभएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution