हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

सबैजातिले हाम्रो संविधान हो भन्नका लागि संविधानका विभेदकारी धारा हटाइनु पर्दछ : उपेन्द्र यादव

 rile

काठमाडौं, २५ जेठ । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्ने संविधान बनाइनुपर्ने बताउनुभएको छ ।

गठबन्धनद्वारा आजदेखि खुलामञ्चमा सुरु रिले अनसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताउनुभयो । अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको उहाँको आरोप थियो ।

“सबै जातजातिले हाम्रो संविधान हो, भन्नका लागि अहिले भएका त्रुटि सच्याइनु पर्दछ”–सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले भन्नुभयो, “संविधानमा भएका विभेदकारी धारा हटाइनु पर्दछ ।” उहाँले दु्रत मार्गबाट ल्याइएको संविधानले आफूहरुको माग पूरा नगरेकोले स्वीकार्य नहुने बताउनुभयो ।

संयोजक यादवले मुलुक अहिले सङ्कटमा परेको बताउँदै अहिलेको सरकारले भ्रष्टाचार, कालोबजारी र तस्करलाई प्रसय दिएको आरोप लगाउनुभयो । आफूहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने भन्दै उहाँले सहमतिको सरकारमा पनि सहभागी नहुने तर्क गर्नुभयो ।

खुलामञ्चमा आजदेखि सुरु भएको रिले अनसनमा राष्ट्रिय मधेस समाजवादी फोरमका अध्यक्ष शरत्सिंह भण्डारी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलगायत गठबन्धन आबद्ध दलका ३० जना रिले अनसनमा बस्नुभएको छ ।

विभिन्न २६ बुँदे माग प्रस्तुत गर्दै गठबन्धन आजदेखि खुलामञ्चमा अनसन सुरु गरेका छन् । प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म आगामी असार मसान्तसम्म अनसनमा बस्ने सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराउनु भयो । अनसनमा गठबन्धनमा आबद्ध २९ दल सहभागी छन् । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution