हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

राष्ट्रिय गानको धूनका सर्जकलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति पुगिन्, न प्रधानमन्त्री

ggr

काठमाडौँ : गणतन्त्रलाई संस्थागत गर्ने प्रतीकमध्येको एक राष्ट्रिय गानको धूनका सर्जक अम्बर गुरुङलाई श्रद्धाञ्जलि दिन न राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन्, न प्रधानमन्त्री केपी शर्मा ओली नै।

सामान्य कार्यक्रमको पनि उद्घाटन गर्न पनि पुग्ने राष्ट्रपति भण्डारी गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन राखिएको प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगिनन्। के आज उनी कुनै कार्यक्रममा व्यस्त थिइन्?

हामीले राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीलाई सोध्यौँ। उनको जवाफ थियो, ‘हैन। मंगलबार उहाँको कुनै कार्यक्रम थिएन। राष्ट्रपति दिनभर निवासमा नै हुनुहन्थ्यो।’

बिसन्चोको कारण पो हो कि? अधिकारी भन्छन्, ‘राष्ट्रपतिको स्वास्थ्य स्थिति सामान्य नै छ।’

राष्ट्रपतिको केही कार्यक्रम नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भने पूर्व निर्धारित कार्यक्रम थियो। बिहान ३ नबज्दै गुरुङको निधनको समाचार सार्वजनिक भइसके पनि उनले यतै बसिरहन जरुरी ठानेनन् र सुर्खेत उडे।

त्यहाँ उनले मध्यपश्चिमाञ्चल विश्वविश्वविद्यालयको केन्द्रीय भवनको शिलान्यास गर्ने, विश्वविद्यालयको पाँचौ सिनेटको अध्यक्षता गर्ने, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भवनको उद्घाटन गर्ने र वीरेन्द्रगरको खुलामञ्चमा एमाले सुर्खेतले आयोजना गर्ने वृहत जनसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

भवनको शिलन्यास गर्ने क्रममा २३ मिनेटको भाषण गरी प्रधानमन्त्रीले पटक पटक दर्शक हँसाए।

प्रधानमन्त्री सुर्खेतमै रहे पनि यता उनको स्वकीय सचिवालयले आधिकारिक लेटरप्याड बिनाको प्रेस नोट मिडियामा पठायो। प्रेस सल्लाहकार प्रमोद दाहालको नाममा पठाइएको प्रधानमन्त्रीको शोक सन्देशमा अम्बर गुरुङलाई ‘सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने तारा’का रुपमा प्रशंसा गरिएको छ।

साँझ ६ बजे गुरुङको शव आर्यघाटमा खरानी भइसक्दासम्म पनि राष्ट्रपतिको सचिवालयले भने ‍औपचारिक विज्ञप्ति जारी गरिसकेको थिएन। स्वकीय सचिव भेषराज अधिकारीले भने केही समयमै विज्ञप्ति आइहाल्ने जानकारी दिएका थिए।

गुरुङ सेनाका मानार्थ कर्णेल पनि हुन्। त्यसैले आर्यघाटमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सेनाका उच्च पदस्थ अधिकारीहरुले स्यालुट ठोके, श्रद्धाञ्जलि दिए। रक्षामन्त्री भीम रावलले राष्ट्रिय झण्डा ओढाए। तर परमाधिपतिसमेत रहेका राष्ट्रपति भने श्रद्धाञ्जलि दिनसमेत पुगिनन्।

राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैले राष्ट्रिय गानका सर्जकलाई अन्तिम श्रद्धाञ्जलि दिन जान जरुरी नठाने पनि उपराष्ट्रपति नन्दकिशोर पुन भने प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगेका थिए। त्यस्तै सार्वजनिक कार्यक्रममा कमै जाने पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि श्रद्धाञ्जलिका लागि पुगेका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिमा गुरुङलाई राजकीय सम्मान दिने पनि टुङ्गो लागेन। यसअघि नायक श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिमा समेत राजकीय सम्मान दिइएको थियो। तर राष्ट्र गानका सर्जकलाई भने गृह मन्त्रालयले निर्णय गरी ‘राष्ट्रिय सम्मान’ दिने निर्णय गर्योी। उनी राजकीय सम्मानबाट पनि वञ्चित भए।

पारी (दार्जिलिङ) बाट आएको नाममा गुरुङ आफ्नो जीवनभर नै यसरी नै भेदभावको शिकार भइरहे। महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा, सम्पति मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु कहाँबाट कहाँ पुगे, उनी जीवनको अन्तिम समयसम्म बूढानिलकण्ठमा भाडाको घरमै बसिरहे जसको भाडा परदेशमा बस्ने उनकी छोरी अलकाले तिर्दै आएकी थिइन्।

‘घरको माया बिर्सेर किन पो यहाँ आयौ नि’, ‘मनको आगो निभाउन किन पो यहाँ आयौ नि’ जस्ता अर्थपूर्ण शब्द भएका कारण ५५ वर्षअघि भारतको सरकारी अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको गीत ‘नौ लाख तारा उदाए…’ मा संगीत उनैले भरेका थिए। तर राष्ट्रवादी सरकारका राष्ट्रप्रमुख र सरकार प्रमुखको बेवास्ताका बीच अम्बर हामी सबबाट दूर भए।

-सविन ढकाल/पहिलोपोस्टबाट  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution