हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बंगलादेशको पश्चीमी जेनैदा जिल्लामा हिन्दू पुजारीको हत्या

bangaldesh

सत्तरी बर्षिय पण्डित आनन्द गोपाल गांगुलीको शव पश्चीमी जेनैदा जिल्लास्थित उनको मन्दिर नजिकैको धान खेतमा फेला परेको थियो।  गत दुई दिनमा भएका संदीग्ध उग्रवादी हमलामा मारिनेमा आनन्द गोपाल गांगुली तेस्रो व्यक्ति हुन्।

प्रहरीका सहायक प्रमुख गोपीनाथ कान्जीलालले एएफपी समाचार संस्थासंग कुरा गर्दै भने,”प्रारम्भिक विवरणहरुमा जनाइए अनुसार उनलाई मोटरसाइकलमा आएका तीनजना मानिसहरुले आक्रमण गरेका थिए।

शंका

आक्रमणको शैलीलाई विचार गर्दा त्यो इस्लामवादी उग्रवादीहरुले गरेका हुन सक्ने ठानिएको छ।जसलाई हालैका महिनामा भएका त्यस्तै प्रकारका हत्याहरुका लागि समेत जिम्मेवार ठानिएको छ।आइतबार मात्र एकजना इशाई व्यापारीलाई धारिलो हतियार प्रयोग गरी मारिएको थियो।र, अर्को बेग्लै घटनामा एकजना बरिष्ठ प्रहरी अधिकारीकी श्रीमतिलाई गोली प्रहार गरी मारिएको थियो।यसरी बढ्दो हिंसाको घटनालाई नियन्त्रणमा लिनका लागि प्रहरीमाथि दबाब बढिरहेको छ।

उग्रवादी समूह इस्लामिक स्टेटले यो पछिल्लो हत्या र यस अघिका हिंसाका घटनाहरुको जिम्मेवारी दावी गरेको छ।तर देशका सूचनामन्त्री हसनल हक इनुले ती घटनाहरुमा आइएस संलग्नतालाई अस्विकार गरेका छन्।उनले त्यस्ता हिंसात्मक घटनाहरुमा जिम्मेवार रहेको आशंकामा विगतमा पक्राउ परेका मानिसहरुको सम्बन्ध इस्लामिक स्टेट वा तालेवानसंग भएको भन्ने कुनै प्रमाण फेला नपरेको बताएका छन्।
मंगलबार नै प्रहरीले तीनजना संदिग्ध इस्लामवादी उग्रवादीलाई गोली हानी मारिदिएका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution