हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

टर्की हमलामा ११ को निधन

turkay

११ जनाको ज्यान जाने गरी इस्तानबुल शहरमा भएको बम हमलाले एउटा प्रहरी बसलाई निशाना बनाएको थियो।घटनामा अन्य ३६ जना घाइते भएका बताइएको छ।उक्त विस्फोटका सम्बन्धमा चारजनालाई गिरफ्तार गरिएको छ।टर्कीको इस्लानबुल शहरमा यस बर्ष भएको यो चौथो ठूलो घटना हो।हालसम्म उक्त हमलाका लागि कसैले पनि जिम्मेवारी दावी गरेको छैन।
आशंका
तर राष्ट्रपति रेजेप ताइप एर्दोआनले त्यसमा कुर्द उग्रवादीहरुको संलग्नता हुन सक्ने बताएका छन्।टर्कीको संचार माध्यमले उक्त बम हमलाका सन्दर्भमा चारजनालाई गिरफ्तार गरिएको बताएका छन् तर थप विवरण सार्वजनिक भएको छैन।प्रतिबन्धित कुर्दीस्तान वर्कर्स पार्टी, पीकेके र उसको एउटा गुटले सुरक्षा सैन्यमाथि भएका पहिलेका हमलाहरुको जिम्मा लिने गर्दथ्यो।

मंगलबारको हमला इस्तानबुल शहरको ऐतिहासिक बेयाजीत क्षेत्र नजिकै भएको थियो जुन त्यहांको एउटा प्रमुख पर्यटकीय आकर्षण पनि हो।
विहान धेरै भिड हुने समयमा एउटा बसलाई निशाना बनाएर रिमोट कन्ट्रोल मार्फत विस्फोट गराइएको हुन सक्ने इस्तानबुलका गभर्नर वासिप साहीनले बताएका छन्।
उनले घटनामा ३६ जना घाइते भएका पनि जानकारी दिए।घाइतेहरुको उपचार भइरहेको अस्पतालमा पुगेर राष्ट्रपति एर्दोआनले जनताको सुरक्षाको जिम्मेवारी बोकेकाहरुलाई निशाना बनाएर हमलाहरु गरिएको बताएका थिए।
उनले हमलाहरुका लागि जिम्मेवारहरुलाई क्षमा गर्न नसकिने भन्दै आतंकवादीहरु विरुद्ध अन्त्यसम्मै अथक रुपमा संघर्ष जारी राख्‍ने पनि बताए। @ bbc turkay






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution