हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

अम्बर गुरुङलाई अन्तिम बिदाइ

 

grg

राष्ट्रिय सम्मानका साथ वरिष्ठ संगीतज्ञ अम्बर गुरुङको मंगलबार अन्तिम संस्कार सम्पन्न गरिएको छ।प्रधानमन्त्री केपी ओलीले शोक सन्देशमा गुरुङको निधनले स्तब्ध तुल्याएको बताए।“उहाँको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” ओलीले वक्तव्यमार्फत भने।

संगीतकर्मी, साहित्यकार, राजनीतिक पार्टीहरु, र संगीतप्रेमी लगायत सिंगो देशले नै उनीप्रति श्रद्धान्जली अर्पण गरिरहेको छ।
अन्न नलीमा आएका स्वास्थ्य समस्याका कारण उनको मंगलबार बिहान करीब साढे २ बजे निधन भएको थियो।
श्रद्धाञ्जली
दिउँसो गुरुङको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठान ल्याईएको थियो, जहाँ बौद्ध संस्कार अनुसार प्रार्थना गरिएको थियो।

त्यहाँ उनीप्रति श्रद्धान्जली अर्पण गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, अर्थमन्त्री विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वराष्ट्रपति रामवरण यादव लगायत सयौं शुभेच्छुकहरु पुगेका थिए।
रक्षामन्त्री भीम रावलले राष्ट्रिय सम्मानका साथ गुरुङको अन्त्येष्टि गरिने बताएका थिए।“उहाँ नेपालका एक महान संगीतकार हुनुहुन्थ्यो। त्यस्तो व्यक्तिलाई नेपाल सरकारले जुन किसिमको सम्मान दिन्छ, हामी त्यो दिन्छौं,” उनले भने।
शास्त्रीय, लोक र पश्चिमा संगीतका ज्ञाता मानिने गुरुङप्रति श्रद्धान्जली अर्पण गर्न संगीतकर्मीहरुको घुईंचो थियो भने केही संगीतकर्मीले प्रज्ञा प्रतिष्ठानमै उनका रचनाहरु गाएका थिए।
उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पशुपतितर्फ लैजाँदा उनका गीतका शब्दहरु लेखिएका प्लाकार्डहरु बोकेका मानिसहरु शवयात्रामा सम्मिलित थिए।
राष्ट्रिय सम्मान
हिन्दु र बौद्ध संस्कृति अनुसार उनको अन्तिम संस्कार गरिएको थियो भने बाँकी संस्कारमा पनि दुबै धर्मलाई अवलम्बन गरिने उनका छोरा किशोर गुरुङले बताए।

grg1
“हामी तीन छोरा पाँच दिनसम्म पशुपतिमा रहने छौं। हिन्दु धर्म अनुसार संस्कार गरिनेछ भने बौद्ध संस्कार पनि संगसंगै गर्नेछौं,” गुरुङले बताए।
लामो समयदेखि पार्किन्सन्स लगायतका रोगबाट पीडित गुरुङको उपचार खर्च सरकारले व्यहोर्ने बताएको गुरुङको परिवारले जानकारी दिएको छ।
पशुपतिमा रक्षामन्त्री भीम रावलले उनको पार्थिव शरीरमाथि नेपालको झण्डा ओढाएर उनीप्रति सम्मान अर्पण गरेका थिए।नेपाली सेनाका मानार्थ महासेनानी रहेका गुरुङप्रति पशुपतिको आर्यघाटमा बेलुकी करीब ५ बजे सबै फोजका टुकडीको उपस्थितिमा नेपाली सेनाले अन्तिम सलामी दिएको थियो। @ बीबीसीनेपाली

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution