हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ चलचित्रका नायिका सुकुमाया तामाङको सफलता

sukumaya
महिलाहरूको जीवनस्तर दिनहु रूपमा केही न केही परिवर्तन हँुदैछ । २०४३ सालमा जन्मिएकी सुकुमाया तामाङको लोकप्रियता निकै बढिरहेको छ । आकर्षक व्यक्तित्व तथा फरासिली स्वभावनै उनको विशेषता हो । महिला भएर विविध भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरा उनीले सावित गरेकी छिन ।

बाल्यकालदेखिनै नाच्न गाउन तथा आफू राम्रो हुन मन पराउने सुकुको यो विशेषता उमेरसँगै झाँगिदै गएको हो । मीठो स्वर तथा ससक्त अभिनयकी धनी उनी काम गरेर कहिले थाक्दिनन् । महिला प्रकृति सुन्दर तथा उत्कृष्ट रचना भन्न रुचाउने उनीले अहिलेसम्म दर्जनौं फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छिन् । हालसम्म माया ला हो, यागंला रिमठिम प्रागंबोला माग जाथेवा, दिनी लगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । त्यसैगरी तामाङ समुदायको कथामा आधारित मेन्दोमाया नामक नाटकमा समेत अभिनय गरेकी छिन । उनीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानसमेत पाइसकेकी छिन् ।

इन्टरनेसनल इन्डिजिनेस फिल्म फेस्टिबल अर्काइभद्वारा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०६७ सालमा उनीले अवार्ड प्राप्त गरिसकेकी छिन् । साथै २०७१ सालको राष्ट्रिय तामाङ चलचित्र अवार्डमा उनीले सर्वोकृष्ट नायिकाको अवार्ड पनि पाइसकेकी छिन् । चलचित्र बाहेक बिभिन्न म्युजिक भिडियोमा पनि उनीले सफल अभिनय गरिसकेकी छिन् । अभिनय बाहेक उनी सामाजिक रूपमा पनि निकै सक्रिय छिन् । उनी महिला तथा बालबालिका हरूलाई लक्षित गरी सहयोग गर्छिन् ।

गत वर्ष भूकम्पपीडित हरूलाई उनीले निकै सहयोग गरिन् । उनीले धेरै पीडित हरूलाई राहत वितरण गरिन् । टाइम्स एफएमकी कार्यक्रम सञ्चालिका पनि हुन् उनी । हाल उनी आफ्नै ब्यानरबाट बन्ने चलचित्र निर्माणको तयारीमा छिन । भर्खरै आफ्नो चलचित्र युरोपमा प्रदर्शन गरेर फर्किएकी छिन । त्यसोत उनी तामाङ समुदायकी पहिलो चलचित्रकी निर्देशक पनि हुन् । समग्रमा भन्नुपर्दा उनी बहु प्रतिभाकी धनी हुन् । त्यसो त उनी नेपाली महिला हरूको अवस्था पहिलेको भन्दा केही सकारात्मक भएको बताए पनि यसैमा चित्त बुझाउन नहुने बताउँछिन ।

नेपाली महिलाहरूको जीवन उकास्नका लागि उनी हरूलाई शिक्षा तथा आर्थिक रूपमा सक्षम बताउनुपर्ने उनको राय छ । आफ्नो जीवनमा चलचित्रबाहेक सामाजिक सेवाको पनि महत्वपूर्ण भूमिका रहेकाले सँगसँगै अघि लिएर जाने उनको राय छ ।@ नारी /कान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution