सङ्गीतज्ञ गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्त्येष्टि गरिने

२५ जेठ, काठमाडौँ। गए राति निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।
उनको शव नेपाल प्रज्ञा–प्रतिष्ठानमा अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए । उनले भने , “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।
भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए । यसअघि उनको
उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भएका थियो । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलार्इ ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन् ।