अवतारी लामा भन्दै ठग्दै हिड्ने पक्राउ

प्रहरीका अनुसार भारतका बिभिन्न स्थानमा बौद्ध शिक्षा लिएका उनी दशवर्षयता नेपाल आउन जान थालेका थिए । यसअघि उनले काठमाण्डौको कलंकी,नुवाकोट,सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटका बिभिन्न व्यक्तिहरुवाट यसरी नै ठगी गरि सकेका छन ।
उनी बिरुद्ध तीनवषर्ष अगाडी सिन्धुपालचोक जिल्ला अदालतमा लागेको ठगी मुद्धामा अदालतले तीनवर्ष कैद सजाँय सुनाएपछि २०७२साल बैशाख १२ गतेको महाभुकम्पसम्म सिन्धुपालचोक कारागारमै थिए । भुकम्पले कारागार भत्काएपछि त्यहाँवाट अन्य कैदी बन्दीसँगै त्यहाँबाट भागेका उनी केहि समय भारत छिरेका उनी ६ महिना अगाडी पुनः नेपाल फर्केको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले पुनःनेपाल आए लगत्तै उदयपुरको गाइघाट स्थित बुर्कीका २ वटा घरवाट ५ महिना अघि करिब १५ लाख रुपैंया ठगी गरेको अनुसन्धानका क्रममा लामा स्वयमले बयान दिएको प्रहरी बताँउछ ।
फिदिममा यसरी भयो ठगी
जेठ ४ गते साँझ पाँचथरको फिदिम आएका उनी त्यहाँको सगून होटलमा वसे । होटलमा आफु अवतारी लामा भएको बताएपछि भविष्यवाणी हेराउन भन्दै स्थानीयको धुइरो लाग्न थाल्यो । यसरी आउनेहरुको विगत र वर्तमानवारे वताएपछि तिनले देखाएका समस्या समाधान गर्न घरमा रहेका सुनका गहना ल्याएर थानमा केहिरात राखेर पुजा लगाउनु पर्ने वताउँदै सुन र पैसा भेला पार्न थाले ।
यस क्रममा फिदिम बजारका दिपक धमला,लाक्ष्मी स्याङवो र नाँंगीन ८ का रेञ्जि शेर्पा सहित १० जना ब्यक्तिवाट २० तोला अधिक सुन सँगै केहि चाँदी र नगद भेला भएपछि फिदिममा बौद्ध गुम्बा निर्माणका लागि सहयोग गर्न बिदेशवाट पाहुना आँउदैछन लिन जान्छु भनेर भागेको बताइएको छ ।
यसरी पक्राउ परे उनी
आफुहरु ठगिएको भन्दै स्थानीयले १८ गते बिहान जाहेरी दिएपछि खोजतलास शुरु गरेको प्रहरीले पाँचौ दिनमा उनलाई गिरफ्तार गर्न सफल भएको हो । प्रहरी प्रमूख कोइरालाका अनुसार फिदिमबाट हिँडेपछि झापाको बिर्तामोड हुँदै उनले पोखरा हानिएका थिए । १८ गतेसाँझ पोखरा पुगेका उनी २१ गतेसम्म लेकसाइडको एउटा होटलमा वसेर डान्स बारमा बसेर मनोरञ्जन गरे ।
भुटियाले पोखरा पश्चात २२ गते तनहुँ पुगेर डुम्रे स्थित एक व्यवसायीकहाँ फिदिमबाट ठगेको सूनमध्ये केहि तोला जाकट राखे लगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँको मदतमा पक्राउ गरिएको कोइरालाको भनाई छ । झापावाट भागे लगत्तै पिछा गर्न थालेका जिल्ला प्रहरी कार्यालय पाँचथरका बिशेष प्रहरीको सकृयतामा डुम्रेवाट तनहुँ प्रहरीको सहयो लिएर पक्राउ गरेपछि उनलाई आइतवार दिँउसो राती फिदिम ल्याइएको हो । उनलाई पिछा गर्ने क्रममा पोखराको डान्सवारमा मनोरञ्जन गरिरहेका बखत खिचिएको भिडियो पनि पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।
यसरी पक्राउ गरिएका भुटियालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ पुर्याउदा हेर्न जाने सर्वधारणको घुँइचो लागेको थियो । प्रहरी कार्यालय पुगेका अधिकांशले प्रमूख कोइराला र अनुसन्धानमा खटेका प्रहरीलाई धन्यवाद दिइरहेका थिए । भुटियालाई आइतवार नै जिल्ला अदालत पाँचथरमा पेश गरी अनुसन्धानका लागि म्याद थपिएको पाँचथर प्रहरीले जनाएको छ । उनी बिरुद्ध ठगी मुद्धा चलाइने पनि प्रहरीले जनाएको छ ।