हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

छोराले दलितकी छोरी बिहे गरे पछि …..

nuwa

नुवाकोट, जेठ २४ – तुप्चे ३ बाहुनडाँडाका एक दम्पतिसँग छोराले दलितकी छोरी बिहे गरेको भन्दै गाउँलेले बोलचाल नै बन्द गरेका छन् ।

छोराले दलित युवतीसँग विवाह गरेपछि बाहुनडाँडाका ७१ वर्षीय कुलबहादुर लामिछाने र उनकी श्रीमती ६७ वर्षीया धनकुमारी लामिछानेको परिवारलाई स्थानीयले सामाजिक विभेद गरेका हुन् ।

स्थानीयले सामाजिक विभेद गरी लामिछाने परिवारमा परेको श्राद्धमा पुरेत आउनसमेत अवरोध गरेका छन् । गत वर्ष माघदेखि लामिछाने परिवार विभेदको सिकार हुन थालेको हो ।

२०६३ सालमा कुलबहादुरका छोरा कृष्णकुमार लामिछानेले गाउँकै पार्वती विकसँग विवाह गरेका थिए । दलित युवतीसँग विवाह गरेर राजधानीतिर बस्दै आएका छोरालाई कुलबहादुरले गत वर्ष चैतमा अंशसमेत दिएका थिए ।

दलितसँग विवाह गरेपछि एकपटक पनि आफ्नो घरमा नबसेका र गाउँ आउँदा कृष्णकुमार ससुरालीमै बस्दै आएका छन् । तर, स्थानीयले पनि कुलबहादुर र उनकी श्रीमती धनकुमारीलाई स्थानीय सामाजिक पर्वहरूमा बहिष्कार गर्दै आएका छन् ।

पहिले त गाउँमा हुने विवाह, ब्रतबन्धजस्ता कार्यमा विभेद गर्दै आएकोमा अहिले आफ्नै घरमा पिताको श्राद्धमा आउन ठीक परेका पुरेतसमेतलाई रोकेपछि घटनालाई सार्वजनिक गर्न बाध्य भएको कुलबहादुरले बताएका छन् ।

कुलबहादुरको घरमा जेठ १० गते परेको श्राद्धमा स्थानीयले फोन गरेर धम्की दिएर पुरेत शान्तप्रसाद अधिकारीलाई आउन रोकेका थिए । सामाजिक विभेदको सिकार भएका कुलबहादुरले मंगलबार तुप्चे गाविसमा सामाजिक विभेद भएको र सामाजिक रूपमा सहज तरिकाले बस्ने व्यवस्था मिलाइपाऊँ भनेर निवेदन समेत दिएका छन् ।

निवेदनमा छोरा अर्जुनप्रसाद लामिछाने, भाइ टोपप्रसाद लामिछाने, छिमेकी रामप्रसाद अधिकारी र चेतनाथ न्यौपानेले दलितको छोरीसँग विवाह गरेको मातापितालाई घरमा राखेकाले सामाजिक बहिष्कार गर्न धम्की दिँदै छिमेकमा हुने सामाजिक कार्यमा समेत सहभागी हुन नदिएको र घरमा परेको कार्यमा समेत रोकेको उल्लेख गरिएको छ ।

भूकम्पले घर भत्केपछि टहरामा बस्दै आएका वृद्धवृद्धा लामिछाने दम्पतीले जेठ १० गतेको श्राद्धमा ब्राह्मणलाई रोकेपछि सामाजिक रूपमा बहिष्कृत भएको अनुभव गर्दैै न्यायका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

पीडित कुलबहादुरका आफन्त एलिना तिमिल्सेनाले कमजोर परिवार भएकाले छोराले दलित विवाह गरेको नाममा स्थानीयले विभेद गरेको जनाएकी छन् । आफ्नो सामाजिक र सांस्कृतिक कामसमेत गराउन रोक्नेहरूलाई कारबाही हुनुपर्ने तिमिल्सेनाको भनाइ छ ।

गत चैतमा छोरालाई अंश दिएपछि स्थानीय अलि बढी आक्रोशित भएको पीडित कुलबहादुरको बुझाइ छ । छोराले विवाह गरेको नौ वर्ष बिते पनि सामाजिक रूपमा विभेदको सिकार हुनु नपरेकोमा गत चैतमा छोरालाई अंश दिएपछि दलित विवाह गर्ने छोरालाई अंश दिनेलाई बहिष्कार गर्नुपर्छ भन्ने गरेको पीडितको भनाइ छ ।

कुलबहादुरले आफ्नो छोराले जो विवाह गरे पनि अंश पाउने उसको हक भएकाले मालपोत कार्यालयमा आएर अंश दिएको जनाएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution