हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘टेस्टट्युब बेबी’ सेवा लिने डेढ सयभन्दा बढी

b
काठमाडौ । गोरखा भूकम्पपछि बन्द भएको परोपकार प्रसूति गृह, थापाथलीमा ‘टेस्टट्युब बेबी’ सेवा लिनका लागि १५० भन्दा बढी महिलाले नाम दर्ता गराएका छन् ।

तीमध्ये भूकम्पको केही दिनअघिसम्म पाँच निःसन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका छन् तर सेवा सञ्चालनमा नआउँदा उनीहरू सेवा लिनबाट बञ्चित भएका छन् । भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्टट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको थियो । अब बन्द नहुने गरी टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ ।

सरकारीस्तरमा पहिलो पटक प्रसूति गृहले आइभिएफ प्रविधिबाट (पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा परीक्षण गरिने) यो सेवा सञ्चालनमा ल्याएको थियो । अस्पतालका निर्देशक डा जागेश्वर गौतमले प्रसूति गृहमा भूकम्पबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण भइरहेको र असारदेखि नै टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जतिसक्दो चाँडो सेवा सञ्चालन गर्न काम तीव्र गतिमा गरिरहेका छौँ ।” निर्देशक गौतमका अनुसार प्रसूति गृहले सुरुमा भारतबाट चिकित्सक झिकाएर यो सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले भने स्वदेशमै जनशक्ति उत्पादन भइसकेको निर्देशक गौतमले जानकारी दिनुभयो ।

सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पती महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्टट्युब बेबीको सुविधा लिन बाध्य छन् । विसं २०७१ मा प्रसूति गृहले सेवा सुरु गरेको थियो । हालसम्म २७ दम्पतीले टेस्टट्युब बेबी पाइसकेका छन् । निजी अस्पतालमा रु पाँचदेखि छ लाखसम्म लाग्ने टेस्टट्युब बेबीका लागि प्रसूति गृहमा प्रतिदम्पती रु एक लाख ६० हजारसम्म शुल्क तिरे पुग्छ ।

आइभिएफ प्रविधिमा पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा राखिन्छ । त्यसपछि गर्भाधान भएको भू्रणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रत्यारोपण गरिन्छ । त्यसको नौ महिनापछि बच्चाको जन्म हुन्छ ।

नेपालमा पहिलो पटक वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालको पहलमा ओम अस्पतालमा विसं २०६१ फागुन २० गते टेस्टट्युब बेबीको जन्म भएको थियो । राजेन्द्र र सन्ध्या तामाङले नेपालमा पहिलो टेस्टट्युब बेबी जन्माएका थिए । प्रसूति गृहबाट भने दुई वर्षअघि कीर्तिपुरकी राज्यलक्ष्मी महर्जनका दम्पतीले यो सेवा लिएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution