हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति : नयाँ सिद्धान्त र नयाँ कार्यदिशा

30

अहिले हामी एउटा महान् अभियानमा छौं । जीवन नै एउटा अभियानपछि अर्को अभियान हुँदै निरन्तर अगाडि बढ्ने प्रक्रिया हो । हाम्रो जीवन पनि स्थिर रहँदैन । समाज र इतिहास पनि विभिन्न चरण र कालखण्ड हुँदै अगाडि बढ्छ । ज्ञान र विज्ञानका आविष्कार पनि नवीनतम् ढंगले अगाडि बढ्छन् । त्यही हिसाबले अहिले हामी नेपालमा नयाँ शक्ति निर्माणको प्रक्रियामा अगाडि बढिरहेका छौं । यो पार्टीहरुको भिडमा थप एउटा पार्टी थप्ने अभियान होइन।

म आफैं साठी वर्ष नाघिसकेको मान्छे हुँ । बुढेसकालमा नयाँ पार्टी बनाएर दुई चार सिट ल्याउने र च्याँखे थापेर मन्त्रीको बार्गेनिङ गर्ने, प्रधान मन्त्री र मन्त्रीका लागि च्याँखे थाप्ने जुन काम गर्छन्, त्यो हामीले गर्नु छैन । हामीले चाहेको कुरा त अर्कै छ । नेपाल इतिहासले कोल्टो फेर्दैछ । यही आवश्यकता पूरा गर्न हामीले हिम्मत गर्नैपर्छ । इतिहासमा त्यस्ता मान्छे मात्रै महान् हुन्छन् जसले इतिहासको गतिको प्रवाह र आवश्यकतालाई ठम्याउँछन् । त्यसलाई पूरा गर्नका निम्ति आफ्नो भूमिका निर्वाह गर्छन् । यिनै मानिस मात्रै इतिहासमा स्मरणयोग्य हुन्छन् । जो इतिहासको प्रवाह र हुरी बताससँग आफैं बढारिँदै हुरिँदै हिँड्छन्, ती मानिसको इतिहासमा गणना हुँदैन । त्यसैले इतिहास निर्माण गर्ने भनेको युगको आवश्यकता बोध गरेर त्यसअनुरूप आफ्ना भूमिका निर्वाह गर्ने नै हो ।

त्यसैले आधुनिक भौतिकवादी चिन्तनले मात्र होइन, पुरानो अध्यात्मवादी चिन्तनले पनि विभिन्न युगमा नयाँ नयाँ आविष्कार र आवश्यकता हुने बताउँछ । त्यसैले नयाँ आवश्यकताअनुसार नयाँ अवतारको कल्पना गरिएको थियो । सत्य युगमा एक प्रकारका भगवानहरुको कल्पना गरिएको थियो । त्यतिबेला सत्ययुगको अन्तरविरोधको हल गर्न नयाँ भगवानको कल्पना गरिएको थियो । त्रेता युगको कल्पना गर्दा पनि भगवान एउटै हुन्छन् तर तत्कालीन अन्तरविरोध हल गर्न नयाँ अवतारको कल्पना गरिएको थियो । त्यसैले त्रेतामा अर्को, द्वापरमा अर्को कल्पना गरे । सुरुमा ब्रह्मा, विष्णु र महेश्वर कल्पना गरेको थियो । त्रेता युगमा रामको कुरा गरियो भने द्वापर युगमा कृष्णको कल्पना गरियो । कलियुगमा आमजनताको लोकतान्त्रिक शासनको परिकल्पना त्यतिबेलै गरेका थिए ।

मैले जोड दिन खोजेको अध्यात्मवादी दृष्टिकोणले पनि समाज भनेको विभिन्न चरण हुँदै अगाडि बढ्छ, एउटा युगको नेतृत्वले अर्को युगको अन्तरविरोधलाई हल गर्न सक्दैन भन्नेमा हो । म त विश्वास गर्दिन, यदि भगवान नै छन् भने पनि उनीहरुले गरेका परिकल्पना पनि ठीकै हो । नयाँ युगमा नयाँ नयाँ समस्या आउँछन्, त्यसलाई पुराना विचार, सोच र नेतृत्वले हुँदैन, त्यसैले नयाँ अवतार चाहिन्छ भन्ने अवधारणा वैज्ञानिक छ भन्ने लाग्छ । समाजको एउटा चरणमा विद्यमान समस्या एउटा विचार, संगठन र नेतृत्व प्रणालीले हल गर्छ भने अर्को युगमा अर्का आवश्यक हुन्छन्, त्यसले नयाँ विचार, संगठन र नेतृत्व माग गर्छ । आधुनिक युगमा पनि यो भनिएको छ ।

नयाँ विकल्प

द्वन्द्वात्मक भौतिकवादका प्रणेता माक्र्स र एंगेल्सले पनि यिनै युग परिकल्पना गरेका हुन् । यसरी हेर्दा नेपाली समाजमा यसरी नै विश्लेषण गर्न सकिन्छ । मेचीदेखि महाकाली र हिमालसम्म फैलिएको जुन नेपाली भूखण्ड छ, यसको पनि विभिन्न कालखण्डमा सिमाना बदलिएका छन् । यसको जुन पछिल्लो विद्यमान सीमा छ, त्यसलाई हेर्नुभयो भने हामीले स्पष्ट तीनवटा कालखण्ड देख्छौं । पहिलो कालखण्ड पृथ्वीनारायण शाहको नेतृत्वमा भौगोलिक एकीकरणको चरण हो ।

१८ औं शताब्दीदेखि सुरु भएर करिब ८ दशक यो चरण रह्यो । भीमसेन थापादेखि सुगौली सन्धिसम्मको यो चरण नेपालको एउटा भौगोलिक राज्य निर्माणको चरण रह्यो । त्यतिबेलाको राजनीति भनेको अत्यन्त एकात्मक, राजतन्त्रात्मक, फौजीकृत हुन आवश्यक थियो । किनकि त्यतिबेलाको काम भनेको भूगोलको एकीकरण, सेना निर्माण गर्ने र हतियार र राज्य कब्जा गर्ने र अरुमाथि आक्रमण गरेर आफ्नो सिमाना बढाउने हुन्थ्यो । बलियो राजा अथवा बलियो ठूला भारदारहरुको परिकल्पना त्यतिबेला हुन्थ्यो र भयो नै त्यस्तै । त्यस कारण पहिलो चरणको राजनीति राजतन्त्रात्मक र फौजीकृत प्रकारको रह्यो ।

त्यसपछि नेपालको राजनीति लोकतान्त्रीकरणको रह्यो । जनतालाई अधिकार नदिएसम्म, उनीहरुलाई अधिकार सम्पन्न नबनाएसम्म राज्य समृद्ध भएर अगाडि बढ्दैन भन्ने मान्यताअनुसार १९९० पछाडि २००७ साल, २०४६ साल, २०५२ साल हुँदै २०६२ र २०७२ सालसम्म आउँदा एउटा लोकतान्त्रिक अधिकार प्राप्ति र राजनीतिक परिवर्तनको शृंखला अगाडि बढ्यो । यो दोस्रो चरण राजनीतिक अधिकार प्राप्तिको चरण रह्यो । यसमा प्रजा परिषद हुँदै, नेपाली कांग्रेस, एमाले, माओवादी हुँदै मधेसवादीसम्मका समूह नयाँ नयाँ अवतारका रूपमा उदाए । अहिले २०७२ सालसम्म आइपुग्दा सबैको योगदानको योगफलस्वरूप संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अर्कै आधारभूतरूपमा जारी गरी अर्को चरण पूरा ग¥यौं ।

समृद्धिका लागि सहकार्य

जसरी भौगोलिक एकीकरण प्रक्रियाका अंश बाँकी रहन्छन्, लोकतान्त्रिक आन्दोलनका पनि अंश बाँकी रहन्छन् । अहिले पनि आदिवासी जनजाति, मधेसी, महिला, दलितलगायतका कतिपय कुरा बाँकी नै छन् । यसमा बहस र विवाद छ, आन्दोलन छन्, यसलाई विस्तारै सम्बोधन गर्दै हामी जान्छौं । फेरि पनि मूल रूप भनेको राजनीतिक अधिकार प्राप्तिको दोस्रो चरण पूरा गरेका छौं । अब हामी तेस्रो चरणमा प्रवेश गरेका छौं, त्यो पनि आर्थिक विकास र समृद्धिको चरण अथवा भौतिक सभ्यता निर्माणको चरण । औद्योगिक क्रान्तिको चरण पनि भन्न सकिन्छ । मूलरूपमा अब आर्थिक विकास र समृद्धिको नयाँ युगमा हामी प्रवेश गर्दैछौं । अहिलेको यथार्थ यही हो । यो कार्यभार पूरा गर्न पुरानै पार्टीमा रहेर, पुरानै विचारमा टाँस्सिएर, पुरानै शैली अपनाएर यो आवश्यकता हामी पूरा गर्न सक्छौं त ? सक्दैनौं । पहिलो चरणमा फौजी दृष्टिले लडाइँ लड्ने शक्ति आवश्यक थियो । दोस्रो चरणमा त्याग र बलिदान गर्ने, भूमिगत बस्ने, जेल जाने क्षमता आवश्यक पथ्र्याे । राजनीतिक दलको नेतृत्वमा, पार्टीमा यस्तै मानिस हावी भए । विचार पनि यसैलाई दिशावोध गर्नेखालको हुन आवश्यक हुन्थ्यो ।

अब आर्थिक समृद्धिको चरणमा ज्ञान र विज्ञानका पछिल्ला आविष्कारसँग अवगत हुने कुरा, आर्थिक विकासका नियम बुझ्ने कुरा र राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ठीक ढंगले हिसाब गर्ने कुरा, व्यवस्थापन र सुशासन कायम गरेर छिटोभन्दा छिटो आर्थिक क्रान्ति सम्पन्न गर्ने कुराले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने प्रकारको विचार, क्षमता र व्यवस्थापन माग गर्छन् । त्यसैले हिजो हामी जुनसुकै पार्टीमा रहेका भए पनि वा कुनै पनि पार्टीमा नभएका मानिस सबै मिलेर फेरि नयाँ युगको आवश्यकता पूरा गर्न नयाँ ढंगले अगाडि बढ्नुपर्छ । यही मान्यताअनुसार नै हामीले संविधान सभाबाट संविधान जारी भएपछि यो नयाँ शक्ति निर्माणको अभियान चलायौं । केही महिनाको बृहत् बहस र छलफलपछि हामी जेठ ३० गते विशाल भेला गरेर पार्टी घोषणा गर्दैछौं । यो अभियानमा सहमत हुने सबैलाई संस्थापक सदस्य बनाउने हाम्रो अभियान छ ।

अहिलेसम्म संस्थापक सदस्य एक लाखभन्दा बढी भइसकेको हाम्रो अनुमान छ । नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने काम सबै संस्थापक सदस्यले सामूहिक शपथ ग्रहण गरेर अगाडि बढ्दैछौं । पार्टी र संगठित शक्तिका रूपमा घोषणा गर्ने यो अभियानमा मैले व्यापक उत्साह देखेको छु । बिस्तारै नेपाली जनताले यो कुरा बुझिरहेका छन् । छिटोभन्दा छिटो गरिबी र बेरोजगारीबाट मुक्त गराउन, विदेश पलायन हुन बाध्य युवा पंक्तिलाई देशभित्रै रोजगारी दिन, निर्वाहमुखी र परम्परागत कृषि प्रणाली बदलेर देशमा उद्योगधन्दा, सेवा, वित्तको व्यापक विस्तार गरेर छोटो समयमै मुलुकलाई समृद्ध नबनाउने हो भने अहिलेसम्म प्राप्त राजनीतिक अधिकार न सुरक्षित रहन्छ, न त हाम्रो पुर्खाले लडेर ल्याएको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै कायम राख्न सकिन्छ । त्यस कारण अबको मुख्य पुँजी भनेको लोकतन्त्र रक्षाका निम्ति, स्वाधीनता र सार्वभौमसत्ता रक्षाका निम्ति आर्थिक विकास र समृद्धिबिना सम्भव छैन । यही कुरालाई ध्यानमा राखेर पार्टी घोषणाको तयारी गर्दैछौं ।

सिद्धान्त र कार्यदिशा

अहिले एउटा ठूलो ध्रुवीकरणको प्रक्रिया चलेको हुनाले म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने अहिले हामीले कुनै बनिबनाउ सिद्धान्त, फर्मुला सचेत ढंगले नै अगाडि सारेका छैनौं । हामीसँग केही नयाँ अवधारणा छन् नयाँ युगको आवश्यकता पूरा गर्नका लागि । अहिले हामीले नयाँ शक्ति निर्माणको प्रक्रियालाई पनि नयाँ बनाउनुपर्छ । केही मानिसले मात्र निर्णय गर्ने होइन, केही नेता बसेर दस्तावेज लेखेर लौ यो हो दस्तावेज भनेर फ्याँक्दिएर नयाँ हुँदैन । ज्ञान र विज्ञानको यति ठूलो अथाह सागर छ, त्यसमा डुबुल्की नमारीकन विचार, सिद्धान्त र कार्यदिशा त्यत्तिकै फ्याँकिदिएर हुँदैन । यसर्थ, नयाँ शक्तिका वैचारिक, दार्शनिक आधार, कार्यदिशा, संगठनात्मक र नेतृत्वको प्रणाली र कार्यशैलीमाथि व्यापक छलफल चलाउनका लागि एक सामान्य प्रारम्भिक खाका हामीले कोरेका छौं । तीन वटा दस्तावेजमा पहिलो राजनीतिक प्रतिवेदन जसलाई हामीले नयाँ शक्तिको आधारतत्व भनेका छौं, दोस्रो आर्थिक विकास र समृद्धिको कार्ययोजना वा मार्गचित्र, तेस्रो संगठन र विधानसम्बन्धी प्रतिवेदनको हामीले खाका कोरेका छौं । बहस र छलफलमा रहेका यी दस्तावेजलाई ३० गतेको भेलाबाट पनि हामी अन्तिम रूप दिँदैनौं । त्यहाँ प्रारम्भिक छलफल गरेर पुनः व्यापक छलफल र बहसका लागि जनतासमक्ष पठाउँछौं ।

नयाँ शक्तिको विचार

यसमाथि व्यापक जिज्ञासा रहेको पाएका छौं । विचार र सिद्धान्त भनेको मान्छेले आविष्कार गर्ने कुरा हो । इतिहासका गति सँगसँगै मानिसको आवश्यकता फेरिन्छन्, चेतना विकास हुँदै जान्छ, त्यसैको सापेक्षतामा विचार र दर्शनको पनि विकास हुँदै जान्छ भन्ने नयाँ शक्तिको मान्यता छ । हिजोसम्म संश्लेषण गरिएका कुनै पनि विचार र दर्शनलाई धर्मशास्त्रका रूपमा अंगालेर अगाडि बढ्यौं भने हामी अगाडि बढ्न सक्दैनौं । अहिलेसम्मको विचार, दर्शन र सिद्धान्तलाई यसको प्रयोग र अभ्यासलाई पुनरावलोकन र पुनर्संश्लेषण गरेर र अहिलेसम्मको ज्ञान र विज्ञानलाई संश्लेषण गर्दै पछिल्ला आवश्यकताको जगमा यसलाई समृद्ध गर्ने नयाँ शक्तिको उद्देश्य हो ।

खासगरी भौतिकशास्त्रमा क्वान्टम मेकानिक्ससम्म आउँदा पहिले कणलाई प्रमुख मान्ने कि तरंगलाई भन्ने विषयमा यी दुवै अन्तरसम्बन्धित हुन्छन् भन्न थाल्यो । यी दुईलाई चटक्कै अलग्याएर मात्र हेर्न सकिन्न भनेर भौतिक विज्ञानले भन्यो । यसरी नै दर्शनशास्त्रमा पनि पदार्थ र चेतनाको विषयलाई अन्तरसम्बन्धित ढंगले हेर्नुपर्छ । यसलाई एकअर्काबाट छुट्याएर बुझ्न सकिन्न । त्यसैगरी राजनीतिशास्त्रमा पनि व्यक्तिको निजत्व र समूहको हित भन्ने कुरालाई एकअर्काको विरोधीका रूपमा मात्रै उभ्याउन सकिन्न ।

प्रस्थानविन्दु

सिद्धान्त र दर्शनको क्षेत्रमा पनि बीसौं शताब्दीको ज्ञान र विज्ञानभन्दा अहिले २१औं शताब्दीमा हामी माथि उठेका छौं । तसर्थ हामीले अहिले विश्व र नेपालको समस्या हल गर्नका निम्ति हिजोका विचार, दर्शन र सिद्धान्तभन्दा, हिजोका राजनीतिक र आर्थिक प्रणालीभन्दा माथि उठेर तिनका सकारात्मक पक्ष ग्रहण गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्छ । यो नै नयाँ शक्तिको प्रस्थान विन्दु हो । यसैले नयाँ शक्ति विचारविहीन छ भनेर फैलाइएको भ्रम सत्य होइन । यो पछिल्ला ज्ञान र विज्ञान एवम् नयाँ विचारमा आधारित छ । हामी विश्वलाई नै नयाँ विचार दिन सक्छौं भन्ने हाम्रो आत्मविश्वास हो । नयाँ शक्ति नयाँ विचार, नयाँ दर्शन, नयाँ मान्यता र नयाँ प्रणालीसहित अगाडि आउँछ ।

खच्चड संसदीय व्यवस्था

यसमा मुख्यतः केही कुरालाई ध्यान दिनुपर्छ । आन्तरिकरूपमा हाम्रो मुलुकमा जुन राष्ट्रिय विविधता छन्, हिमाल, पहाड तराई छ एकातिर भने मधेसी, थारू, खस–आर्य, आदिवासी जनजाति, महिला दलितलगायतका रूपमा जसरी हामीसँग विविधता छ, यसलाई सम्बोधन गर्न समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।

यसपछि मात्रै आर्थिक विकास र समृद्धिको यात्रामा जान सकिन्छ । यसका लागि शासकीय प्रणाली पनि स्थिरता दिने प्रकारको हुनुपर्छ । अहिलेको खच्चडखालको संसदीय व्यवस्था छ, यसले कुनै स्थायी प्रकारको सरकार दिँदैन । ६–६ महिनादेखि वर्ष दिनमा सरकार फेरेर देशको विकास हुँदैन । यसबारे नयाँ शक्तिको स्पष्ट धारणा छ– हामी संसद्लाई पूर्णरूपले समानुपातिक बनाऔं र कार्यकारी राष्ट्रपति प्रत्यक्षरूपले निर्वाचित गर्नुपर्छ । यसरी मात्रै समानुपातिक समावेशिता पनि हुन्छ र कार्यकारी पनि स्थिर हुन्छ र कमसेकम पाँच वर्ष एउटा निर्वाचित राष्ट्रपतिले सरकार चलाउन सक्छ ।

यसैगरी नेपाल चीन र भारतको बीचमा छ, यो विशिष्ट भूराजनीतिक अवस्था हो । यी दुई राष्ट्र दुई देशमात्र होइनन् । उनीहरु शक्तिशाली अर्थतन्त्रका रूपमा विकास हुँदैछन् । २१औं शताब्दीको विकासको केन्द्र एसिया हुन्छ र त्यसको पनि केन्द्र भारत र चीन हुन्छ भन्ने प्रक्षेपण छ । यसरी हेर्दा अब नेपाल दुई ढुंगाबीचको तरुल बनेर बस्न सक्दैन, दुई ठूला बजार, ठूला समुन्द्रको बीचमा गतिशील पुलका रूपमा नेपाललाई हामीले परिकल्पना नगर्ने हो भने हाम्रो नेपालको विकास र समृद्धि सम्भव हुँदैन र राष्ट्रियता र स्वाधीनता पनि बचाउन गाह्रो हुन्छ । त्यसैले नेपाललाई दुई ढुंगाबीचको तरुल होइन, दुई विशाल अर्थतन्त्रबीचको गतिशील पुलका रूपमा पुनर्परिभाषित गरेर अगाडि बढ्नुपर्छ ।

अर्को नभइनहुने कुरा सुशासन र सदाचार हो । समाजमा, पार्टीभित्र सदाचार र सुशासन कायम रहेन र अहिलेजस्तै भ्रष्टाचार रह्यो भने राजनीतिलाई फोहोरी खेलका रूपमा बुझिन्छ । केही नभएका मानिस कुनै श्रम नगरी रातारात करोडपति बन्ने खराब प्रचलन अगाडि आएको छ, त्यसले गर्दा राजनीतिप्रति नै वितृष्णा छ । यसर्थ, हामीले विधिको शासन पालना गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्नुपर्छ । उपदेश दिएर, भजन गाएर सुशासन सम्भव हुने होइन । विधि र नियमकानुन बनाउने र त्यसलाई कडाइपूर्वक पालना गर्नुको विकल्प कसैसँग छैन ।

शीरमा समृद्धि

यसर्थ नयाँ शक्तिले अगाडि सारेको पाँच ‘स’ को मुख्य कुरा समृद्धि हो र त्यसलाई हासिल गर्न समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र, देशको सार्वभौमसत्ता र स्वाधीनता रक्षा गर्ने विदेश नीति र व्यवहारमा सदाचार र सुशासन कायम गर्ने प्रतिबद्धता नै नयाँ शक्तिका मूल आधार हुन् । प्रारम्भिक छलफल र बहसका विषय हुन् । यसलाई बहस र विवादमा लगेर समृद्ध बनाउँदै भेलाबाट झन् अगाडि बढाउँछौं । एक वर्षभित्र महाधिवेशन गरेर यसलाई अन्तिम रूप दिन्छौं र नेपालमा नयाँ शक्ति निर्माण गर्छौं भन्ने नयाँ शक्तिको लक्ष्य छ । यसर्थ नयाँ शक्ति अर्को एउटा नयाँ पार्टी मात्रै होइन, नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने वैकल्पिक राजनीतिक शक्ति हो । आगामी निर्वाचनबाट देशको प्रमुख शक्ति बनेर शासकीय स्वरूप फेर्दै मुलुकलाई समृद्धिको यात्रामा डो¥याउँदै अगाडि बढ्नुपर्छ र मुलुकलाई १५ वर्षभित्र मध्यमस्तरको विकास गर्ने संकल्प अगाडि बढाउनुपर्छ ।

जेठ ३० गतेको भेलालाई विश्वले नै हेरिरहेको छ । हामीले विश्वलाई नै केही नयाँ सन्देश दिनु छ । पुरानो कुराको ब्याज खाएर बस्ने छुट हामीलाई छैन । नेपाली कांग्रेस २००७ सालको ब्याज खाएर बसिरहेको छ । मेरा बाजे कांग्रेस थिए भनेर नाति पनाति पनि कांग्रेस बन्ने एउटा संस्कार हाम्रोमा छ । अर्कोतिर माले र माओवादी भनेर हिजो कुनै कालखण्डमा भूमिका निर्वाह गरेको नाउँमा यसैको ब्याज खाएर फेरि त्यही साइनबोर्ड झुण्ड्याएर बस्ने प्रवृत्ति छ, यस्तो अवस्थामा नयाँ शक्ति कसरी बन्ला भन्ने मानिसको जिज्ञासा छ । त्यसलाई हामीले चिर्नैपर्छ । किनकि पार्टी भनेको ब्रान्ड होइनन् । पार्टी भनेको विचार हो, आदर्श हो । नयाँ युगको आवश्यकताअनुसार जुन पार्टी अगाडि जान सक्दैन ब्रान्ड मात्रै झुण्ड्याएर बस्नुको कुनै अर्थ हुँदैन ।

साम्यवाद र राम राज्य

समाजवाद र साम्यवादको आदर्श म व्यक्तिगतरूपमा छाड्न चाहन्न । रामराज्यको परिकल्पना, स्वर्गको परिकल्पना, आदर्श समाजको परिकल्पना मानव जातिले सुरुदेखि गर्दै आएको छ । समाजवाद र साम्यवादको परिकल्पना पनि शोषणविहीन र वर्गविहीन समाजको परिकल्पना अत्यन्त राम्रो कुरा हो ।

भोलि कुनै बेला वा दशौं बीसौं पुस्तापछि आउन सक्छ, आउनुपर्छ र आउँछ भन्ने कुरामा मलाई अहिले पनि विश्वास छ । त्यसमा हामीले ध्यान दिनुपर्छ । तर अहिले हाम्रै जीवनकालमा समाजवाद र साम्यवाद आउने अवस्था छैन । अहिले त हामीले उत्पादक सम्बन्ध र उद्योगधन्दा विकास गर्ने, रोजगारी दिने र त्यसैको जगमा टेकेर समाजवाद, साम्यवादमा पुग्ने हो । यस्तो यथार्थपरक नीति छाडेर हिजो कुनै सन्दर्भमा माओवादी भनिएको थियो भनेर त्यसैलाई ब्रान्डका रूपमा माओवादी समाउनुको अर्थ छैन । माओवादको नाममा जुन प्रकारको भ्रष्टीकरण भइरहेको छ, त्यसैले इमानदार र परिवर्तनकामी शक्तिले हिजोका ब्रान्डका रूपमा कांग्रेस, एमाले र माओवादी भन्ने होइन, अब हामीले नयाँ ब्रान्ड सिर्जना गर्ने हिम्मत राख्नुपर्छ । त्यो भनेको नयाँ शक्ति नै हो । यसले नयाँ पुस्ताको भावनाको प्रतिनिधित्व पनि गर्छ । त्यसैले यी परिवेशभन्दा माथि उठेर जुन परिकल्पना गरेका छौं, यो सम्भव छ र हुन्छ भन्ने मलाई लाग्छ । म पूर्णरूपमा विश्वस्त छु । बन्दैन कि हुँदैन कि भन्ने कुनै पनि प्रकारको शंका आवश्यक छैन । जेठ ३० गते एउटा सानो ट्रेलरमात्रै देखाउने हो, त्यहाँबाट हामीले भविष्यमा नयाँ शक्ति कसरी आउँछ, के गर्छ भन्ने सन्देश दिनेछौं ।

कुराकानीमा आधारित @ नागरिक दैनिक !






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution