हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ओली उडाउने अभियान

li

बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू, बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नू भन्ने उखान हाम्रा प्रधानमन्त्री केपी ओलीले नसुनेका होलान् र ! तर, यिनी के भा हुन् ? बस्न त यिनी बस्दै बस्दैनन् तर बोल्नचाहिँ बोलिरहन्छन्, प्याच्च प्याच्च । चीनबाट पहाडै पहाडको बाटो हुँदै चुच्चे रेल बोलाएर पशुपति परिक्रमा गराउँदै पोखरा घुमाएर लुम्बिनी पठाइदिन्छु भन्छन् । खानी खन्छु, देशभित्रै पेट्रोल उत्पादन गर्छु, ग्यास निकाल्छु भन्छन् । हिन्द महासागरमा नेपाली जहाज कुदाउँछु भन्छन् । मुख छ भन्दैमा यसरी मनलागी बोल्न पाइन्छ ? यस्ता कुरा गर्न अरू नेताहरूलाई नआउने हो र !

तिनै कुरालाई अलिक कलात्मक पाराले, नबुझिने भाषामा घुमाएर भनेको भए हुँदैनथ्यो ?प्रयास गर्‍यो भने नेपालमा चीन वा भारतबाट रेल ल्याउन सकिन्छ भनेको भए कति मीठो सुनिन्थ्यो । नेपालका विभिन्न ठाउँमा तेलका खानीहरू भएको अनुमान भएकाले त्यसको खोजी गरेर उत्खननका लागि प्रयास गरिनेछ भनेको भए तिनका पिताजीको के जान्थ्यो ? केही वर्षमा, छिट्टै अथवा आगामी दिनमा यसो यसो गरेर मुलुकलाई विकासको गतिमा अगाडि बढाइनेछ भनेको भए पनि त सहन सकिन्थ्यो । ठाडो भाखामा तीन महिनामै, ६ महिनामै, एक वर्षभित्रमा, दुई वर्षभित्रमा, यो ल्याउँछु, त्यो गर्छु, यो बनाउँछु, त्यो खन्छु भनेर भकाभक कामै थालिहाल्ने कुरा गरेपछि यिनका पुतला नपोलेर भो ? हामीलाई उखानटुक्कामा लटपट्याएर साँच्चिकै कामै गर्न थाले भने अग्रज प्रधानमन्त्रीहरूको इतिहास के हुन्छ ? भविष्यमा बन्ने प्रधानमन्त्रीहरूको नाम के हुन्छ ? देश बनाउने भन्दैमा सहकर्मीहरूको इतिहास र भविष्यलाई नै संकटमा पार्ने संदिग्ध गतिविधि गर्न थालेपछि समारोह नै आयोजना गरेर एउटा विद्यार्थी संगठनले यिनलाई उडाउन ठूलो प्रयास गर्‍यो । यिनलाई अझै उडाउनुपर्छ ।

कांग्रेसका युवा जमातले बालुवाटारमै समारोह आयोजना गरेर प्रधानमन्त्रीलाई खुइल्याउन गरेको यत्न साह्रै प्रशंसनीय छ तर यसमा उनीहरूले अलि भाँती पुर्‍याएनन् । यस्तो अपरिपक्व विरोधले ओलीलाई लडाउन सकिँदैन । युवाहरूले ओलीलाई उडाउन बनाएको राष्ट्रिय झन्डा र ओलीको आकर्षक तस्बिर अंकित स्वचालित नमुना पानीजहाजले बालुवाटार अगाडि धेरै फन्को लगायो । रिमोट कन्ट्रोलबाटै नियन्त्रित पानी जहाजले बालुवाटार अगाडि यसरी फन्को लगाएपछि ओली उल्टै कति रमाए होलान् ! उनलाई मानवरहित जहाज नै हिन्द महासागरमा चलाउन थप प्रेरणा मिलेन त यसबाट ? त्यो नमुना जहाज चलाउन खोज्दा टसको मस नहुनुपथ्र्यो । घचेटेर चलाउन खोज्दा पनि जहाज नचटपटाएको भए पो ओलीलाई उडाउने कार्यक्रम सार्थक हुन्थ्यो । विद्यार्थीहरूले त उल्टो हौसला पो दिए ओलीलाई ।
विद्यार्थीहरूले नारा लगाउन पनि जानेनन् । केपी ओली चाहिँदैन त भने तर उनीहरूले नेपालमा रेल चाहिँदैन, जहाज चलाउन पाइँदैन, पेट्रोलको खोजी कार्य बन्द गर, ग्यास पत्ता नलागोस्, खानी खन्न दिँदैनौँ, भनेनन् । छिमेकीसँग झुक्नै पर्छ, टाउको ठड्याउने कोसिस मुर्दावाद, देश बनाउन पाइँदैन, स्वदेशी चामल खाइँदैन, ओलीका सपना खारेज गर इत्यादि पनि भनेनन् । त्यस्ता नारा लगाएको भए पो ओली मात्र होइन, उनका सपना पनि उड्थे । प्रधानमन्त्रीबाट उडे पनि उनका सपना उडेनन् भने हामीले उनलाई उडाएको के अर्थ ? त्यसैले आइन्दा अलि भाँती पुर्‍याएर ओलीलाई उडाउने अभियान अघि बढोस् ।

शुभकामना !

– लक्ष्मण गाम्नागे

झटारो /व्यंग (@ कान्तिपुर / नेपाल)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution