हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बुद्धचित्त जोगाउन धौ–धौ ,चोरिने डरले बोटमुनि बास

ek
जेष्ठ २४, २०७३- बेल्देफेदिचे–२ का चन्द्रध्वज लामाको बारीमा बुद्धचित्तका २० वटा रूख छन् । सबैमा लटरम्म बुद्धचित्त फलेको छ ।

अबको दुई महिनाभित्र त्यो फल टिप्नुपर्ने हुन्छ । केही वर्षदेखि बुद्धचित्तको मूल्य आकाशिएपछि यसलाई जोगाउन उनलाई धौ–धौ भएको छ । बुद्धचित्तको गेडाबाट बनेको माला बौद्ध धर्मावलम्बीले मन्त्र जप्न प्रयोग गर्छन् । बुद्धले ध्यानका क्रममा तीन ठाउँमा छाडेकामध्ये लुम्बिनी र काभ्रेकै नमोबुद्धमा मरेर गएको तर तिमालमा बाँचेको किम्बदन्ती छ । त्यसैले बौद्ध धर्मावलम्बीको यसमाथि विश्वास कायमै छ ।

केही वर्षयता तिब्बत, ल्हासा र चिनियाँ बजारमा यसको माग हवात्तै बढेको छ । यसका जानकार सुरवीर लामाका अनुसार १०८ दानाबाट बनेको मालाको ७०/८० हजारदेखि १० लाख रुपैयाँसम्ममा गत वर्ष किनबेच भएको थियो । ४ वर्षयता बुद्धचित्तको मूल्य आकाशिएको हो । त्यही भएर रातको समयमा मूल्यवान् बुद्धचित्त चोरिने डरले चन्द्रबहादुरका छोरा मासबहादुर लामा यसै सातादेखि रूखको फेदमै टेन्ट गाडेर बास बसिरहेका छन् । ‘नत्र चोरेर लगिहाल्छन्,’ मासबहादुरले भने, ‘चौबीसै घण्टा रुँग्नुको विकल्प छैन ।’ रातको समयमा मासबहादुर र उनका अर्का एक आफन्त पालैपालो निदाउँछन् ।

घरेलु हतियारसहित उनीहरू बुद्धचित्त रहेको बारीमा पहरा दिन्छन् । सोही स्थानका ज्ञानबहादुर लामाले यसै साता ८ बुद्धचित्तका रूख छिमेकीबाट १३ लाख रुपैयाँमा किनेका छन् र उनी पनि आइतबारदेखि तीनै बोटमुनि ओछयान सार्दै छन् । ‘विगतमा धेरै पटक चोरी भएकाले सिजनमा २४ घण्टे डयुटी आवश्यक परेको हो,’ तामाङले बोटमुनि सुत्नुको कारण बताए, ‘म पनि आइतबारदेखि रूखमुनि नै सुत्दैछु ।’

यतिबेला तिमाल क्षेत्रमा बुद्धचित्तका रूख रुँग्ने जागिरै खुलेको छ । ‘बुद्धचित्तको मूल्य आकाशिएपछि चोरको पनि बिगबिगी छ,’ चन्द्रध्वजले भने, ‘त्यही भएर एक दिनको हजारदेखि १५ सय रुपैयाँसम्म दिएर रुँग्ने मान्छे राख्ने गरेका छौं ।’ तिमाल क्षेत्रमा यो वर्ष एउटै बोटको ५ देखि २५ लाख रुपैयाँसम्म किनबेच भएको छ । त्यसरी किनिएका बोट जोगाउन कुरुवा राख्ने चलन दुई वर्षयता अनिवार्यजस्तो छ । २ वर्षअघि रातको समयमा केही उच्छ्रृंखल युवाको जमातले गाउँमा भएका बुद्धचित्त चोरेर लगेकाले अनिवार्य कुरुवा राख्न थालिएको हो ।

बुद्धचित्त जोगाउन किसान र व्यापारीले जेठदेखि साउनसम्म कुरुवा राख्छन् । रुँग्ने कुरुवाका जागिर खान काभ्रेका विभिन्न गाउँबाट यतिबेला युवाहरू तिमाल क्षेत्र जाने क्रम बढेको छ । जेठ लागेपछि तिमालमा व्यापारीको चहलपहलसमेत बढेको छ । भकुन्डेबेसीदेखि करिब १९ किलोमिटर दूरीको तिमाल क्षेत्र जाने कच्ची बाटोमा व्यापारीका गाडीको लस्कर देखिन्छ । ‘अहिले रूख नै किन्न आउनेको सिजन हो,’ स्थानीय सुरवीर लामाले भने, ‘अहिले रूख किन्छन्, कुरुवा राखेर रेखदेख गर्छन््, साउनमा टिपेर लैजान्छन् ।’ गत वर्ष चिनियाँ व्यापारी बुद्धचित्त किन्न तिमालै आएका थिए ।

एउटै बुद्धचित्त रूखको २५ लाख रुपैयाँसम्म बिक्री भइसकेको लामाले बताए । धेरै किसानले विगतमा रूखै ठेकेदारलाई बिक्री गर्थे । केहीले आफैं टिपेर काठमाडौं, तिब्बत, ल्हासा र अन्य चिनियाँ बजारसम्म पुर्‍याए । चिनियाँ बजारमै माल (बुद्धचित्त) पुर्‍याउँदा भ्यालु घटेको स्थानीयको अनुभव छ । कतिपयले भने रूखै बेच्दा घाटा हुने भएकाले यो पटक आफैंले काठमाडौंसम्म बुद्धचित्त लगेर बेच्ने योजना बनाएका छन् । ‘पोहोर ७ लाखमा एउटा रूख ठेकेदारलाई बेचें,’ दाप्चा काशीखण्ड–१४ का चन्द्रबहादुर श्रेष्ठले भने, ‘त्यही मेरो रूखको माला (बुद्धचित्त) बौद्धमा १७ लाखमा बिक्री भएछ ।’ यो वर्ष उनले घरमा फलेका बुद्धचित्त आफैं बौद्ध लगेर बेच्ने योजना बनाएका छन् । चन्द्रबहादुरले पनि घरबारीमा रहेको बुद्धचित्तको रूख रुँग्न २ जनालाई जागिर दिएका छन् । ‘दिनको हजार रुपैयाँमा दुई कुुरुवा राखेको छु,’ उनले भने, ‘माला (बुद्धचित्त) नटिप्दासम्म उनीहरूले चौबीसै घण्टा कुर्नेछन् ।’ साउनभित्र सबै बुद्धचित्त टिपिसकिन्छ ।

काभ्रे, रामेछापलगायत जिल्लामा पछिल्ला वर्षदेखि किसानको आम्दानीको राम्रो स्रोत बनेको बुद्धचित्तसहित टिमुर, लप्सी, लौठसल्ला, रुद्राक्ष, तेजपातलगायतको व्यावसायिक उत्पादन वृद्धि गर्न किसानलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराउने बजेटमै घोषणा भएको छ । सरकारले यो वर्षदेखि बुद्धचित्त ओसारपसारमा पनि सरलीकरण गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा लैजानुअघि किसानले जिल्ला वन कार्यालयबाट प्रमाणित गराउनुपर्ने हुन्छ । काभ्रेका डीएफओ (वन अधिकृत) प्रेमप्रसाद खनालका अनुसार वन नियमावलीमा बुद्धचित्त प्रजातिको राजस्व दर ८ रुपैयाँ उल्लेख भए पनि किसानको खेतबारी (नम्बरी जग्गा) को सम्पत्ति भएकाले त्यसको १३ प्रतिशत भ्याट मात्रै वनले लिएर छुटपुर्जी दिनेछ । ‘यसमा रोयल्टी लिन मिल्दैन’, खनालले भने, ‘किसानलाई अन्याय हुन्छ ।’ वन कार्यालयले सम्बन्धित किसानका बारीमै उत्पादन भएको बुद्धचित्त भनी प्रमाणित गरिदिनेछ । त्यसो हुँदा ओसारपसार, बिक्रीवितरण तथा सुरक्षा निकायमा झन्झट नहुने सहायक वन अधिकृत शैलेन्द्र मिश्रले बताए ।

पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले बुद्धचित्तलगायत किसानलाई आम्दानी दिने प्रजातिको ओसारपसारमा सहजीकरण भए किसान लाभान्वित हुने बताए । ‘विभिन्न झन्झटबाट मुक्त दिलाउन स्थानीय सरकारबाटै यसको पहिचान गर्ने विधिको सुरु होस्,’ गिरीले भने ।

किन मूल्य बढ्यो ?

नेपालसहित विश्वमा बौद्धधर्मावलम्बीले बुद्धचित्तको माला मन्त्र जप्न प्रयोग गर्छन् । ठूला लामा गुरुहरूले यसको प्रयोग गर्दा शान्ति प्राप्ति हुने विश्वास बाँडेका कारण पनि माग बढेको सुरवीर लामाको भनाइ छ । ल्हासा, तिब्बतलगायत चिनियाँ बजारमा यसको धार्मिक महत्त्व भएकाले अधिकांश नेपाली माला उतैतिर निकासी हुन्छ । त्यस्तै, तिब्बतमा बुद्धचित्तको गेडा मात्र प्रयोग गरी ठूलो गुम्बा निर्माण भइहरेकाले यसको माग उच्च भएको लामागुरुहरूले जनाएका छन् ।

के हो बुद्धचित्त ?

बुद्धचित्तको बाहिरी रूप बयर प्रजातिसँग मेल खान्छ । वनस्पतिविद्हरू डा. खेमराज भट्टराई र मित्र पाठकको अनुसन्धानले यो विश्वमा अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको गतवर्ष पुष्टि भएको थियो । नेपाली दुई अनुसन्धानकर्ताले प्रमाणित गरेकाले यसको नामै ‘जीजीपीस बुद्धेन्सिस केआर भट्टराई एन्ड पाठक’ रहेको छ । उनीहरूले राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा ल्याएर अध्ययन गरेका थिए । भट्टराईका अनुसार यो सामुद्रिक सतहबाट १२ सयदेखि २ हजार मिटरसम्मको पाखोबारीमा पाइन्छ ।@ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution