हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कृषिका लागि लगानी जुटाउँदै इजरायलमा नेपाली

sonam

पाँच सय नेपाली युवालाई इजरायलले हरेक वर्ष कृषि शिक्षणमा ल्याउँछ । लर्न एन्ड अर्न (सिकौ र कमाऔं) भनिने यो कार्यक्रममा काम गराइबाट सिक्न पाइन्छ । तलबसमेत मिल्छ ।

त्यही प्रयोजनका लागि आएका युवाहरूले यतै एउटा समूह बनाएका छन् र अठोट गरेका छन्- नेपाल फर्किएर कृषिमै लगानी गर्ने । नेपालको निर्वाहमुखी कृषिलाई ब्यवसायीकरण गर्न इजरायलले सहयोग गर्ने भएपछि उनीहरु आफ्नो कमाइलाई एकिकृत गरेर कृषि परियोजना चलाउन अग्रसर भएका हुन् ।

‘हाँको कृषि प्रविधी मात्र होइन प्रणालीलाई समेत नेपाल लैजान हामी सामुहिक रुपमा लागीपरेका हौं,’ कृषिमा कार्यरत विनोद घिमिरेले भने । उनी चार बर्षदेखि इजरायलमा कृषि क्षेत्रमै काम गर्दै आएका छन् । उनीहरूको सहकारी र लगानी दुवै अवधारणा इजरायलकै जस्ता छन् । पहिलो चरणमा उनीहरुले सामुहिक कोष बनाएका छन् जसमा करिब ३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

सरदर पाँच/पाँच महिनाको बचत औसत पाच/पाँच लाख रुपैयाँबाट यो योजना प्रारम्भ गरिएको छ । जसमा ५० जनाभन्दा बढी युवा संगठित भइसकेका छन् । उनीहरुलाई इजरायलका नेपाली संघसंस्था, गैरआविसय नेपाली संघ, इजरायलका सरकारी निकाय र निजी क्षेत्रले पनि सहयोग गर्ने भएकाले उत्साही भएका हुन् ।

‘नेपाली श्रमिकहरू इमान्दार, कर्तव्यपरायण र मेहनती छन्’, एक इजरायली अधिकारीले भने, ‘उनीहरूले स्वदेशमा उल्लेखनीय काम गर्न सक्छन् भन्ने विश्वासमा यताबाट सहयोग जुटाउन सकिन्छ ।’ उनका अनुसार यहाँका रोजगारदाता कम्पनीहरूसमेत सहयोग गर्न तयार छन् ।

अरभा कृषि केन्द्रका विभिन्न टिमलाई संयोजनसमेत गरेर नेतृत्व गर्दै आएका छन् घिमिरेले । उनीहरुले अरभा नेपाल बहुउद्देश्य सहकारीसमेत स्थापना गरेका छन् । त्यसैमार्फत लगानी जुटाइरहेका छन् । घिमिरे ‘लर्न एन्ड अर्न’ समुहको नेतृत्व गर्छन् । गैर आवासिय नेपाली संघमा पनि छन् । उनी आफू भने हाल विद्यार्थी भिसामा छन्, र कृषिमा उच्चशिक्षा हासिल गर्दैछन् । ‘लामो समय इजरायलमा रहनुभन्दा काम सिकेर केही रकम जम्मा गरी नेपालमै गएर कृषि पेशा अंगाल्नु आवश्यक छ’, उनले भने ।

उनको योजनामा सुरुमै एकै स्थानमा एक सय गाई, ४० हजार कुखुरा, भेडा र बाख्रा, माछा पालन, आधुनिक तरकारी खेती गर्नेलगायत छ । त्यसमा दूध उद्योग पनि राखिनेछ । साथमा आधुनिक कृषिलाई पर्यटकिय क्षेत्र बनाएर होम स्टे र रेष्टुरेन्टको अवधारणा पनि छ ।

उचित बातावरण बनेमा इजरायलले नेपालमा लगानी गर्नेमा तेलअभिभस्थित नेपाली दूतावासका अधिकारीहरु पनि ढुक्क छन् । हरेक वर्ष ५ सय युवा यहाँ आउछन् । भूकम्पका कारण अघिल्लो समूहले भने दुई वर्ष पूरा गर्न लागेको छ । यिनीहरू दुई महिनापछि फर्किएलगत्तै अर्को समूह आउनेछ । नेपालमा सिकेर कमाएर फर्किइसकेकाहरू १२ सयभन्दा बढि छन् । कतिपयले ब्यक्तिगत रुपमा र कतिले सानो समुहमा लगानी गरिरहेका छन् । उनीहरु सफल पनि छन् ।

इजारायलका कृषि तथा ग्रामिण विकासमन्त्री एमके येर समिरले दुई बर्षअघि नेपाल भ्रमण गर्दा निर्वाहमूखी कृषिलाई व्यावसायिकरण गर्न साथ दिने बताएका थिए । उनले इजरायल कृषि प्रविधी उपलब्ध गराउन र लगानी गर्न तयार रहेको जानकारी गराएका थिए । इजरायलमा प्रभावकारी र सुक्ष्म सिचाई प्रविधि, पानीको स्रोत व्यवस्थापन, उच्च उत्पादन विधि, पोष्ट हार्भेस्ट, आधुनिक डेरी फार्मिङ प्रचलित छन् ।

साना किसान इजरायको प्रविधि सिक्न आउनेलाई दुई बर्षदेखि नेपालको साना किसन विकास बैंकमार्फत ल्याउने गगरिएको छ । त्यसअघि सिटिइभिटी र कृषि क्याम्पसबाट उच्चशिक्षा हासिल गरिरहेकालाई ल्याउने गरिएको थियो । सन २०१० मा नेपाल-इजराय कृषि सहयोग आदान-प्रदानबारे सम्झौता भएको थियो । ‘नेपालीसँग मिलेर इजरायली व्यवसायी कृषिमा लगानी गर्न तयार देखिएका छन् । नेपालमा कृषिको ठूलो संभावनासमेत देखेका छन्’, नेपाली राजदूत प्रल्हाद प्रसाईले भने । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution