हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलबाट म्याग्दीको विद्यालयमा पाँच लाख बरबरको कम्प्युटर सोलार हस्तान्तरण

बेनी

बैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा म्याग्दीको रुम—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको सेलार, कम्प्यूटर हस्तान्तरण गरिएको छ। विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर, फोटोकपी दुईवटा ब्याट्टी सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो ।मगर क्रियसनको संयोजनमा गाउँमा गरिएको कार्यक्रममा विष्णु पुन मगरको हजुर बा तथा गाउँका समाजसेवी शिवलाल पुनले कम्यूटरको यूपिएस खोलेर उद्घाटन गरेका थिए । गाउँकै जेष्ठ नागरिकले कम्यूटर छोएर कार्यक्रमको उद्घाटन गरेको हेर्न बेली गाउँका सबैजसो घरधुरीबाट विद्यालयमा पुगेका थिए ।

b1

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँको विद्यालयलाई सहयोग भित्रिएपछि सहयोग संकलन अभियानकी विष्णु पुनमगरका हजुरवावा शिवलाल पुन, पिता लालु पुन, आमा हेमसरा पुन सहित कार्यक्रममा उपस्थित भएका अतिथिलाई आमा समुह सहित गाउँलेले घरबाट भब्य स्वागत सहित विद्यालयमा पु¥याएका थिए । कार्यक्रममा प्रमुख अतिथि मगर क्रियसनका संस्थापक आर्सिरवाद पुनले विद्यालयलाई आवश्यक पर्ने पुर्वाधार जुटाउन भविस्यमा समेत निरन्तर सहयोग संकलन गरिने बताए । त्यसैगरी विशिष्ट अतिथि मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे । उनले विद्यालयमा आवश्यक रहेका उपकरणले शैक्षिक गतिविधिलाई अगाडी बढाउन समेत महत्वपुर्ण भूमिका निवार्ह गर्ने बताए ।

ब

त्यसैगरी ओमकुमारी शान्ति कोषका उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमले विद्यार्थीको पठनस्तरमा सुधार ल्याउन आधुनिक प्रविधिको समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने गरी कम्यूटर शिक्षालाई समेत प्राथमिकता राख्नुपर्नेमा जोड दिए । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयले लोपउन्मुख मारुनी नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा इजरायलबाट विष्णु पुनमगरले गाउँलेलाई सन्देश दिदाँ धेरैको आँखा रसाएका थिए । गाउँमा पुनमगरले गरेको सहयोग र सक्रियताले मुहार नै फेरिएको गाउँलेको भनाई छ । सोही अवसरमा मगर क्रियसनका आर्सिरवाद पुनले आमा समुह, विद्यालय र यूवा क्लवलाई ५ हजारको दरले सहयोग गरेको थियो । कार्यक्रमको अध्यक्ष विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्कमान विश्वकर्मा, स्वागत शिक्षक गोपाल पुन र सञ्चालन तुल बहादुर पुनले गरेका थिए । २०६८ सालमा स्थापना भएको विद्यालयमा ४८ जना विद्यार्थी अध्ययरत छन् । विद्यालय स्थापनामा समेत इजरायलमा रहेकी विष्णु पुन मगरको विषेश योगदान रहेको छ । @ बेनीअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution