हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

जनतालाई झुक्याउन पार्टी खोलेर च्याखे थापेको होइन : बाबुराम

naya-shakti-photo-2
भक्तपुर — पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले ‘प्रधानमन्त्री केपी ओली अनपढ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छट्टु हुन्’ भन्दै कडा आलोचना गरेका छन् ।

नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषद्ले शनिबार भक्तपुरको छालिङमा आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा भट्टराइले भने ‘१४ वर्ष जेल बसेका तर कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउदैन ।’ भट्टराईले अगाडि भने ‘भन्ने बेलामा कम्युनिष्ठ भन्ने तर काम भने काँग्रेस र एमाले भन्दा पनि खराब गर्ने प्रचण्डजी र माओवादीका साथीहरु छट्टु हुन् ।’ पुरानो पार्टी भएपनि नेपाली काँग्रेस भ्रष्टचारीलाई संरक्षण गर्ने पार्टी भएको आरोप लगाए । उनले भने ‘भ्रष्टहरुलाई जेलबाट निस्कने बेलामा १ सय २० किलोको माला पहिर्याउने र केन्द्रिय सदस्यमा अत्यधिक मतले जिताउनहरुले देशको विकाश गर्दैनन् ।’ उनले हावाको भरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले समाजबादको वकालत गरेको आरोप समेत लगाए ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनितिक व्यवस्था आएपनि नेपाली जनताले सुख पाउन नसकेकाले आफुले नयाँ शक्तिको निर्माण गरेको भट्टराईले बताए । कार्यक्रममा बोल्दै उनले भने ‘रहर लागेर यो ६० वर्षको उमेरमा जनतालाई झुक्याउन पार्टी खोलेर मैले च्याखे थापेको होइन ।’ २१ औं शताब्दीको आवश्यकता पुरा गर्दै मुलुकलाई छोटो अवधिमा आर्थिक सम्वृद्धी तर्फ लानको लागि नयाँ शक्ति पार्टी खोलिएको उनको तर्क छ । कार्यक्रममा नयाँ शक्ति नेपालका संगठनविभाग प्रमुख देबेन्द्र पौडेल, प्रदेश नं. ३ का संयोजक बलावती शर्मा, केन्द्रिय परिषद सदस्य निर्मल भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution