हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किराँत जातिका सँस्कारहरू

kirat

किराँत जाति नेपालको पुरानो जाति हो । यो जातिको उत्पत्ति, वैवाहिक प्रचलन तथा अन्य परिचय अघिल्लो अंकमा गरिसकिएको छ । यस लेखमा यो जातिमा प्रचलित अन्य महत्वपूर्ण संस्कारको बारेमा छोटकरी परिचय गरिएको छ ।

किराँती जाति खानपान, भोजभतेरमा निसंकोच खर्च गर्ने जाति भनेर चिनिन्छ । यसको तात्पर्य सबै किराँतीहरू सधंै खर्चिलो भोजभतेरको आयोजना गर्छन् भन्ने होइन । तर यस्ता आयोजनामा बढी खर्च गरिन्छ भन्ने अभिप्राय हो । सामान्यतया अन्य पहाडी संस्कृति जस्तै किराँत संस्कृतिमा पनि पहाडी क्षेत्रमा उब्जाउने वस्तुहरूलाई नै खाद्य तथा पेयमा समावेश गर्ने प्रचलन पाइन्छ । किराँत जातिको विशिष्ट खाना वा पेय भनेर तोकिने निश्चित वस्तु छैन । पहाडमा दालभात, तरकारी फलफूल, दही, दूधमासु, जाँड, रक्सी नै यस जातिमा प्रचलित खाना हुन् । उत्तरी क्षेत्रमा भने मकै, कोदो, घैया र फापर आलु आदि खाद्यहरू किराँत जातिमा प्रचलित छन् । नदी– खोलाका किनार र समथर बस्तीहरूमा सिँचाइको सुविधा भएका बस्तीहरूमा धान, चामलको पनि प्रशस्त प्रयोग हुन्छ । चाडपर्वमा खर्चिलो खाद्य, पेय तथा मासु, जाँडरक्सी आदिको सेवन गर्ने परम्परा पुरानो हो । शारीरिक रूपले हट्टाकठ्ठा रहने र परिश्रम गर्न रूचाउने यो जातिले गरिबीमा पनि आफूले उब्जाएका वस्तुको सेवनले आफ्नो खाद्य एवं पेय संस्कृतिलाई बचाएर राखेको छ ।

हिन्दू तथा बौद्ध समाजमा प्रचलित धार्मिक प्रचलनभन्दा किराँती समाज भिन्न परम्परामा देखिन्छ । विशेष यो समाज परम्परागत धार्मिक प्रचलन, विश्वास तथा विकसित पितृपूजा, प्रकृतिपूजा, स्थानीय देव–देवी पूजामा विश्वास गर्छन् । किराँतको मुख्य धार्मिक ग्रन्थलाई ‘मुन्धुम’ भनिन्छ । यस पवित्रग्रन्थलाई पाठ गर्दै पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने प्रचलन यो समाजमा देखिन्छ । यसरी किराँत मुन्धुमले लिम्बू जातिको धर्म र संस्कृतिका विविध पक्षको जग कायम गरेको देखिन्छ । मुन्धुमलाई दैवी मानिन्छ । तर मानव सभ्यतामा यसलाई किराँतहरूका पुर्खाले नै परम्परागत ज्ञानको रूपमा ग्रहण गर्दै हस्तान्तरण गर्दै ल्याएको देखिन्छ । त्यस्ता ज्ञानी र आध्यात्मिक शक्ति प्राप्त, अदृश्य शक्तिको खास प्रभावबाट समाजलाई बचाउन सक्ने, संस्कारहरूको अनुष्ठान गर्न सक्ने, आध्यात्मिक नेतृत्व दिने वर्गको उदय भएकाले किराँत समाजमा आदिम धर्मको संरक्षण र विकास भयो । यस क्रममा सर्वप्रथम फेदाङ्वा, त्यसपछि साम्बा र येवा आदि पुरोहितहरूको उदय भयो ।

किराँतहरूलाई ‘शिवमार्गी’ पनि भनिन्छ । पौराणिक साक्ष्यहरूमा शिवले ‘किराँतेश्वर महादेव’ को रूप ग्रहण गरेको कथा पाइन्छ । काठमाडौंको मृगस्थली क्षेत्रमा किराँतेश्वर महादेवको स्थल रहेको छ । किराँत सभ्यता र किराँती एवं महादेवको सम्बन्ध सिन्धुघाँटी सभ्यताकालसम्म पु¥याइन्छ । वैदिककालमा आर्यहरूले शिव महादेवलाई आफ्ना आराध्यदेव समूहमा समावेश गरेकाले किराँतीहरू नै आदिकालका शिवमार्गी भएको पनि स्वीकारिन्छ । किराँतहरू अहिले पनि शिवलाई ‘पारूहाङ’ र उनकी शक्ति पार्वतीलाई ‘सुम्निमा’ मान्दछन् । शिवको योगी भेषमा हिँड्ने साधु परम्परा पनि किराँती समाजमा पाइन्छ ।

ज्ञान दिलदास, किराँत वंशमा जन्मेका गुरू फाल्गुनानन्द रउनका चेलाहरूले विभिन्न गीत लेखन, गायन, धर्मोपदेश र अहिंसाको शिक्षा दिएर पूर्वी नेपालको किराँत संस्कृतिमा ठूलो योगदान दिएका छन् । किराँत धर्मको एउटा मुख्य विशेषता स्थानीय प्रकृति र देवी–देवताको पूजा अनुष्ठान गर्ने परम्परा हो । लोकप्रिय देवताहरूमा केही देवीहरू निकै प्रसिद्ध छन् । जसमा संसारीमाई, चण्डी, जलपादेवी, वनदेवी, सातकन्या, कालिका आदि । विशेष बाली लगाउने, भित्र्याउने र अन्य भूमिपूजा, कुलपूजा आदि अवसरमा तिनको पूजा हुन्छ । मृतकहरूका लागि गरिने ‘तोङ्गशिम’ संस्कार लिम्बू समाजमा निकै प्रख्यात छ ।

किराँत समाजमा मनोरञ्जनको निकै ठूलो स्थान छ । हरेक समाजमा फुर्सदको समयमा खेलकुद, नाचगान, समारोह आदि क्रियाकलापको आयोजना गरिन्छ । आधुनिक मनोरञ्जनका साधनहरू नपुगेको स्थानमा परम्परागत शैलीमै मनोरञ्जन गरिन्छ । राई लिम्बू तथा अन्य बृहत् किराँत जातिभित्र गणना गरिने समाजमा परम्परागत नृत्य, संगीत, खेलकुद आदि नै मनोरञ्जनका मुख्य साधन हुन् । लिम्बू समाजमा प्रसिद्ध ‘धाननाच’ किशोर–किशोरी वा युवायुवतीले सम्पन्न गर्ने मनोरञ्जनात्मक नृत्य हो । विशेष प्रकारका प्रेममय गीत दोहोरो भाकामा गाउँदै विशेष पाइलाको तालमा सामूहिक रूपमा गरिने यो नृत्यले मेला–पात, हाटबजार र अन्य अवसरमा पनि मनोरञ्जन दिन्छ । अन्य अवसरमा पनि ढोलक, मादल, बजाएर नृत्य गर्ने, गाउने प्रचलन राई लिम्बूहरूमा सामान्य छ । राईहरू वैशाख मंसिरमा चण्डीनृत्य, अन्य नृत्य र उत्सवको आयोजना गर्छन् । नयाँबाली लगाउने वा थन्क्याउने कार्यसित सम्बन्धित नृत्यहरूको धार्मिक, सामाजिक वा मनोरञ्जनात्मक महत्व रहेको छ ।

युवाहरू अनेक परम्परागत शैलीको खेलकुदको आयोजना गर्छन् । तास–जुवा पनि समयानुसार खेलिन्छ । तिहारमा देउसी भैलीबाट पनि मनोरञ्जन गर्छन् । युवायुवतीका समूह यसमा निकै सक्रिय छन् ।

किराँतीहरूको आदि बसोबासस्थल पहाडी क्षेत्र हो । कृषि र पशुपालन नै यिनीहरूको मुख्य व्यवसाय हुन् । जाँगरिलो, परिश्रमी र शारीरिक रूपले हट्टाकठ्ठा जाति भएकाले र भूक्षेत्र पनि उत्पादनशील भएका कारणले केही अपवादलाई छाडेर किराँती क्षेत्रमा ‘हातमुख जोर्न’ असम्भव लाग्दैन । यिनीहरूको मुख्य आयस्रोत कृषि, व्यापार र उद्योग मानिन्छ । किराँत प्रदेशमा कृषि मौसमको अनुकूलतामा भर पर्दछ र परम्परागत प्रणालीमै खेती गरिन्छ । कृषकका घरमा हलगोरू हुनु आवश्यक छ । मलका लागि अरू जनावर पाल्ने पनि चलन छ । मनसुनको समयमा खेती कम हुने र परिवारमा श्रम गर्नसक्ने सदस्य हुनेले अरूको जग्गा अधियाँ कमाउने पनि चलन छ । पहाडी क्षेत्रमा रासायिनक मलको पर्याप्त आपूर्ति नहुँदा घरेलु मलकै प्रयोग बढी हुन्छ । हाल मात्र उन्नत जातका बीउ, केही रासायनिक मल पहाडतिर पुग्न थालेका छन् । धान, मकै, गहुँ, मास, भटमास आदि गेडागुडी, जुनेलो फापर, घैया आदि पहाडका मुख्य बाली हुन् । अहिले नगदे बालीको प्रचलन पनि बढेर जान थालेको देखिन्छ ।

यो समाजमा कृषिको सहायक व्यवसाय पशुपालन हो । यो पेसाबाट मासु, दूध, दही, घिउ, आदि खाद्य र कृषिका लागि आवश्यक शक्तिको पूर्ति गर्छ । गाई, भैंसी, भेडा, बाख्रा, हाँस–कुखुरा, सुँगुर, आदि जनावर अन्य नेपालीसरह यिनीहरूका पनि साथी नै हुन् । कतिपय राई लिम्बू जातिमा बाख्रा नपाल्ने र नछुने चलन छ । बाख्रा पाल्दा नराम्रो रोग भित्रिने र पितृ रिसाउने भन्ने विश्वास पाइन्छ ।

किराँतहरूमा सुगौलीको सन्धिपछि ब्रिटिस–भारत र नेपालबीचको सम्झौताअनुसार भारतीय सेनामा गई सेवा गर्ने प्रचलन युवाहरूमा सुरू भयो । नेपाली युवाहरू बेलायत र भारत दुवै सेनामा प्रवेश गरी सेवा गर्ने गरेको देखिन्छ । विदेश–सेवाबाहेक नेपाली सेना, नेपाल प्रहरीमा पनि राई लिम्बू र केही मात्रामा सुनुवार आदि जातिको पनि प्रवेश उल्लेखनीय छ । राई लिम्बूहरू मूलतः व्यापारी जाति होइनन् । तर अहिले विभिन्न व्यापार व्यवसायमा पनि संलग्न हुने क्रम जारी छ । पर्यटन व्यवसायमा पनि उनीहरूको उल्लेखनीय प्रवेश भएको देखिन्छ । पहाडका बजार बस्तीहरूमा अहिले परम्परागत नेवार व्यापारीका अतिरिक्त किराँत जाति पनि व्यापार व्यवसायमा संलग्नता हुँदै जान थालेको पाइन्छ । पहाडी क्षेत्रमा घरेलु उद्योगमा पनि निकै रूचि बढेको पाइन्छ । धनकुटा, तेह्रथुममा ढाका टोपी उद्योग गर्ने प्रचलन पनि कायम छ । बाँस, वेत, काठका मालताल बनाई व्यापार गर्ने प्रचलन पनि किराँत बस्तीहरूमा पाइन्छ । सारांशमा किराँत जाति परिश्रमी हुनाले परम्परागत कृषि व्यवसायमा मात्र सीमित नरही विविध व्यवसायमा संलग्नता बढिरहेको पाइन्छ |

– सविता प्रसाई सापकोटा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution