नेपाली कांग्रेस ओखलढुंगाका सभापति नयाँ शक्तिको संयोजक बने

नयाँ शक्ति नेपालले ओखलढुंगामा अन्तरिम जिल्ला परिषदको घोषणा गरेको छ । महेश कोर्मचाको संयोजकत्वमा एक सय एक सदस्य अन्तरिम जिल्ला परिषदको घोषणा गरेकोे हो । नेपाली काग्रेसको राजनीतिमा भुमिगत अवस्था देखि नै सक्रिय भएर लागेका कोर्मचा नयाँ शक्तिमा जानुले ओखलढुंगावासीले आश्चर्यको रुपमा हेरेका छन् ।
उनले आफुभन्दा कनिष्ट स्तरका नेताहरुले आफ्नो मूल्याँकन नगरेको भन्दै लामो समय देखि असन्तुष्ट बनेका थिए । उनलाई नेपाली कांग्रेसको जिउँदो सहिद समेत भनिन्छ । २०३१ सालमा सोलुखम्बुको टिमुरवोटेमा राज्य पक्षसंग झडप हुँदा ठुलो मात्रामा क्षति पुगेको भए पनि उनि भने बाँच्न सफल भएका योद्धा हुन् । उनि नेपाली काँग्रसका जिल्ला सभापति र जिविसको सभापति समेत भइसकेका छन् । त्यस्तै नयाँ शक्तिमा नेपाली काँग्रेसका महासमिति सदस्य लक्ष्मी बास्कोटा समेत प्रबेश गरेकी छिन । ओखलढुंगा तरुणदलका पूर्व अध्यक्ष भक्त बहादुर कटवाल र काँग्रेसका सक्रिय सदस्य प्रभुराम श्रेष्ठसहित दर्जनौं व्यक्ति नयाँ शक्तिमा गएका छन् ।
जेठ ३० गते काठमाण्डौमा पाटि घोषणा गर्ने कार्यक्रम रहे अनुरुप जिल्लामा संगठन निर्माणको कार्यलाई तीव्रता दिएको अभियन्ताहरुले बताएका छन् । प्रदेश नम्बर १ का संयोजक राजेन्द्र किरातीले ओखलढुंगा जिल्ला सहित अन्य जिल्लामा अलग पार्टीबाट समेत नयाँ शक्तिमा आउनेको ठुलो लर्को नै लागेको भन्दै अबको केहि समयमा नेपालको मुख्य दल नयाँ शक्ति नै हुनेमा ठोकुवा गरे ।