हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

वैदेशिक रोजगारीका लागि दिल्ली हुँदै किर्गिस्तान जान खोज्दा – फूलमाया तामाङ

ro

म फूलमाया तामाङ । बाबा आमाले जन्माएका छोरीहरु मध्येकी जेठी छोरी हुँ । बाबाआमा, दुई जना दाइहरु, तीनजना भाइहरु, चारवटी बहिनी र म सहित हाम्रो बार्‍ह जनाको परिवार थियो । ठूलो परिवार भएकोले बाआमालाई पाल्न पनि गार्‍हो नै थियो । परिवार ठूलो भएपछि आर्थिक अभाव हुने नै भयो । त्यसैले उमेर बढ्दै आएपछि कमाई खाने बाटोपट्टि लाग्नु हाम्रो बाध्यता नै थियो । मेरा जेठा दाइ र माइला दाइ गाउँमा नै खेती किसानी गर्न थाले ।

पन्ध्र वर्ष भएपछि काम खोज्दै म पनि काठमाडौं आएँ । कमाइ गरेर खाने सपना बुन्दै आएकी मेरो आम्दानीको स्रोत गलैँचा बुन्ने भयो । जसोतसो काम गर्दै थिए, कारखानामा काम गर्दा गर्दै त्यहि गलैँचा कारखानामा काम गर्ने वीरबहादुर घिसिङसँग मेरो भेट भयो, हामी एकअर्कालाई माया गर्न थाल्यो र पछि विवाह पनि गर्‍यौ । मेरा धेरै सन्तान जन्मिए, ३ छोरा र ३ छोरीकी आमा हुन मलाई धेरै समय लागेन ।

बाबुआमा नै गलैँचा बुन्ने भएकोले होला, मेरा दुई छोरा र एक छोरी गलैँचा बुन्दै हुर्किए, आमाको देखासिखी गर्दागर्दै थाहा नै नपाई उनीहरुलाई पनि काम गर्ने बानी बसेछ । छोरा सानै छ जस्तो लाग्थ्यो तर विवाह गरेर नातिनी पनि जन्मायो ।

समय कहाँबाट कहाँ पुगिसक्यो तर मेरो पेशा फेरिएका थिएनन्, म अझै गलैँचा बुन्दै थिए । तर यहि काम गरेरमात्र जीवन चलाउन सजिलो थिएन । आजभन्दा भोलि बुढ्यौलीले ढल्काइरहेको छ भने छोराछोरीको व्यवहार गर्न बाँकी नै छ । त्यसैलेसल्लाह गरेर श्रीमानलाई कुवेत पठाए ।

बुढा विदेश गएपछि राम्रै होला भन्ठानेको थिए, तर मेरो जीवन बर्मा गए कर्मसँगै भन्ने उखान जस्तै भयो । कुवेत गएका मेरा श्रीमान् काम गर्न नसकेर स्वदेश नै फर्किए, पहिले त गलैँचाको काम गरेर जेनतेन खान पुग्थ्यो तर अब त श्रीमान् कुवेत गएको ऋण पनि थपियो । ऋण तिर्ने समय आउन थालेपछि टाउको खान थाल्यो ।

बुढा विदेश गएको अढाई लाख रुपैयाँ ऋण तिर्नुपर्ने जिम्मेवारीले त्यहि ऋण तिर्नका लागि भनेर म पनि कुवेत गएँ । मेरो काइँला भाइ पनि मसँगै विदेश गए । जसोतसो दुई वर्ष काम गरेर भदौमा नेपाल फर्किए । तर नेपाल फर्कदा समयसँगै धेरै कुरा फेरिएछन् ।

मेरा श्रीमान् काम नगर्ने र रक्सीमात्र खाने भएछन्, गर्ने गरेको काम पनि छोडेर कुलतमा फसेको थाहा पाउँदा मन चसक्क भयो । छोराछोरीलाई पाल्ने जिम्मेवारी हुँदा हुँदै बुढा विग्रिएको देखेर अब यहाँ बसेर केहि हुन्न जस्तो लागेर म फेरि विदेश जानेतिर जोड गर्न थाले ।

स्वदेश आएको दुई महिना नहुँदै कात्तिकमा चिनेको भाइलाई कागजपत्र बुझाए । उनले मलाई राम्रो कमाई हुन्छ भन्दै किर्गिस्तान पठाउने प्रतिबद्धता गरे । मलाई पनि लाग्यो अब मेरा दिन फेरिन्छ होला । चिनेका भाइले किर्गिस्तान जान नेपालबाट मिल्दैन, यसका लागि दिल्ली जानुपर्छ भने । यसो भन्दा मलाई लाग्यो त्यहाँ जान त्यत्ति सजिलो छैन । ती भाइले मलाई दिल्ली जानलाई बोर्डर काट्न गार्‍हो हुन्छ, बोर्डरमा पुलिसले सोध्यो भने दिल्लीमा श्रीमान् छन्, उनैलाई भेट्न जान लागेको भन्नु भनि सिकाए ।

मैले पनि उसका कुरा विश्वास गरे र तीनै भाइको पछि लागे । दिल्ली जान हिँडेका हामीलाई भैरहवाको सीमामा प्रहरीले प्रश्न गर्‍यो । मैले पनि मलाई लैजाने भाइले सिकाएकै कुरा बोले । तर किन हो प्रहरीले दिल्लीमा भएका बुढाको फोन नम्बर माग्यो, जुन मसँग थिएन । भन्न त फोन नम्बर पनि भने तर नभएको फोन नम्वर के मिलोस् ? प्रहरीले मलाई र मसँग गएका भाइलाई त्यहाँबाट अगाडि बढ्न दिएन । केहि सोधखोज गरेपछि त्यो भाइलाई कहाँ लगे कुन्नी मलाई थाहा छैन । मलाई भने माइती नेपालको गृहमा लगियो । बेलहिया नाकाबाट भैरहवामा रहेको माइती नेपालको कार्यालयमा फर्केर कुरा बुझ्दा लाग्यो ठूलो कालबाट बचेछु । अहिले म माइती नेपालले दिएको बेचबिखन तथा सुरक्षित बसाईसराई र अबैध रुपमा बसाई सरेर जाँदा पर्ने समस्या सम्बन्धी परामर्श लिइरहेकी छु |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution