खाने होइन त … मेवा

मेवा स्वादिलो फल मात्र होइन, औषधीय गुणले भरिपूर्ण पनि हुन्छ ।
पेटसम्बन्धी कुनै पनि समस्या भएकाहरूका निम्ति मेवाको सेवन अत्यन्तै लाभदायक मानिन्छ ।
पेटको खराबी, अपच, अजिर्ण, कब्जियत आदि समस्यामा काँचो वा पाकेको मेवा लाभदायक हुन्छ ।
गर्मीमा मेवाको बियाँको पेस्ट बनाएर अनुहारमा दली केही क्षणपछि सफा पानीले अनुहार पखाले क्रमश: अनुहारमा निखार र गोरोपन प्राप्त गर्न सकिन्छ ।
मेवाको टुक्रालाई पानीमा मिसाएर नुहाउँदा छालामा निखार आउँछ ।
मधुमेहका रोगीका निम्ति पनि मेवाको सेवन लाभदायक मानिन्छ ।