नेपाल आदिवासी जनजाती महासंघ इजरायलको दोश्रो अधिवेशन हुदै

३ जुन २०१६ , तेलअविव | बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत आदिवासी जनजातीहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको “ विश्वका आदिबासी जनजाति एक हौ ,आफ्नो भेषभूषा,भाषा ,धर्म सस्कृतिको सम्बर्धन र संरक्षण गरौ ” भन्ने मुख्य नाराका साथ इजरायलमा ऐतिहासिक दोश्रो अधिवेशन यहि आउँदो १७ जुन २०१६ (शुक्रबार) साँझ तेलअविव स्थित यसोधमाला स्ट्रीट – २० नम्बरमा रहेको हलमा हुने भएको छ |
इजरायलमा गठित ८ जातीय संस्थाहरु महासंघमा आवाद्ध छन् | अधिवेशनले १ बर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छन् |उद्घाटन समारोहमा सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि संस्था द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |