बहरबद्ध गजल – बिन्दा लामा ‘तृष्णा’

अधरमा छ सागर बगरमा छ तृष्णा।।
कसैले नदेख्ने नजरमा छ तृष्णा ।।
छिचोल्दै अँध्यारो फिजाएर ज्योति।
बिहानी खुलेको खबरमा छ तृष्णा।।
कदम छन् निरन्तर सफल हुन्छ हुन्न ।
झिनो आश बोक्दै सफरमा छ तृष्णा।।
« आदिवासी जनजातिका अगुवा डा. ओम गुरुङ कतारमा (Previous News)