थाईल्याण्डमा बौद्ध मन्दिर परिसरबाट ४० वटा बाघका डमरूको शव फेला
थाईल्याण्डको एक बौद्ध मन्दिर परिसरबाट ४० वटा बाघका डमरूको शव फेला परेको छ। मन्दिर परिसरमा रहेको फ़्रीजरबाट उक्त बाघका डमरू बरामद गरेको बिबीसीले जनाएको छ।
मन्दिर परिसरमा रहेको बाघलाई सताउने र वन्य जीवजन्तुको तस्करीको आरोप लागेका कारण त्यहाँ रहेका बाघलाई हटाउन लागिएको छ ।वन विभागका अधिकारीहरूले बौद्ध मन्दिरसँगको सहकार्यमा बाघलाई मन्दिरपरिसरबाट हटाउन सुरू गरेका छन्।
कञ्चनाबुरी प्रान्तमा रहेको बौद्ध मन्दिर परिसरका १३७ बाघमध्ये अहिलेसम्म तीन वटा बाघ हटाएको हो। पुरै बाघ हटाउन एक हजार कर्मचारीलाई करिब एक साता लाग्ने अधिकारीहरूले जनाएका छन्।
बौद्ध भिक्षुले यस आरोपबारे विरोध गर्दै बाघ हटाउन मानेका थिएनन्। तर अदालतले बाघ हटाउन फैसला गरेपछि हटाउन सुरू गरिएको हो।
त्यहाँबाट हटाइएका बाघलाई सुरक्षित स्थानमा लगिने अधिकारीहरूले जनाएका छन्। थाइल्याण्डमा ‘वाट फाँ लुआङ बुआ’ नाम गरेको यो बाघ मन्दिर पर्यटकीय स्थलमध्येमा पर्छ। यसैबीच पर्यटकीय आकर्षणको केन्द्र रहेको यस मन्दिरका कर्मचारीहरू बाघ हटाउने निर्णयको विरोध गरेका छन्।
यहाँ पर्यटककले केही शुल्क तिरेर बाघलाई खाना समेत खुवाउन सक्ने थिए। यस्तै बाघसँग फोटोसमेत खिच्न पाउने थिए।
बौद्ध भिक्षुलाई मन्दिर परिसरमा बाघको गैरकानुनी प्रजनन गराएर जनवारको तस्करी गरेको आरोप लागेको छ। फेब्रुअरी २०१५ मा प्रहरीले छापा मारेर यो मन्दिर परिसरमा बाघका अलावा भालु, सियार, धनेशसमेत राखिएको पत्ता लगाएको थियो।