हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किन टाँगिएनन् नयाँ शक्तिका तुल र ब्यानर ?

जेष्ठ ३० अर्थात नयाँ शक्ति नेपालको पार्टी घोषणा गर्ने दिन आउन अब केवल १०दिन बाँकी छ । सामान्य उपभोक्ता समितिको गठन होस् वा कुनै पार्टीको भातृसंगठनको भेला वा वैठकमा समेत तुल व्यानर पर्चा पोष्टर र भित्ते लेखनले भरिभराउ हुने र गर्ने हाम्रो पुरानै अभ्यास हो ।

Khimlal-Devkotaगाँउशहर, वस्ती र टोल सबै फोहोर पार्ने प्रचलन नै बनेको छ । तर, नयाँ शक्ति नेपाल पार्टी घोषणा हुँदैछ । कहिँ कतै तुल व्यानर पर्चा पोष्टर वा भित्ते लेखन केही पनि भएको छैन । यस्तो किन हुँदैछ मानिसहरुमा जिज्ञासाको विषय बनेको छ ।

पार्टीका समर्थक शुभचिन्तकहरुमा प्रचार नभएको चिन्ताले गाँजेको होला भने पार्टी बाहिरका मानिसहरु नयाँ शक्तिको पार्टी घोषणा भनेको आखिर केही पनि त छैन! नयाँ शक्तिले केही गर्ने छैन भनेर ढुक्क भए जस्तो पनि देखिन थालेको होला । कतिपयलाई कार्यक्रम सरेछ क्यारे भन्ने पनि परेको अनुमान गर्न सकिन्छ । किनभने हाम्रो अनुभवमा रहेको र आजसम्मका पार्टीहरुले गर्ने गरेको परम्परागत पार्टी घोषणाको तरिकामा यस्तो सौम्य र भद्र तरिका भेटाउन मुश्किल पर्दछ ।

आखिर किन यस्तो भयो भन्ने प्रश्नको सहज जवाफ भेटिन्छ । यो फरक संस्कार, शैली र मान्यतावाट अघि बढेको छ । यसले प्रथम दृष्टिमा नै यो वैकल्पिक हुन पुगेको अनुभव भएको छ । निरन्तरतामा क्रम भंग भनिन्थ्यो कुनैबेला । अहिले नयाँशक्तिले प्रचार रणनीतिमा त्यही कुरा अवलम्वन गर्ने प्रयत्न गरेको छ ।

हिजो अवलम्वन गरिएका गलत र अनुत्पादक तथा अरु मानिसहरुलाई वाक्क दिक्क लाग्ने खालका तरिकालाई परित्याग गर्ने प्रयत्न गरेको छ । त्यसको बदलामा नयाँ र वैकल्पिक तरिका अवलम्वन गर्न कोशिश गर्दैछ ।

नयाँ शक्ति नयाँ नै हो र यो परम्परागत पार्टीहरुको विकल्प नै हो भन्ने पुष्टि प्रचारको माध्यमबाट पनि देखाउन चाहन्छ । त्यसकारण परम्परागत विधि अवलम्वन गरिएको छैन ।

नयाँ शक्ति नेपाल पार्टीको प्रचार प्रसार उपसमितिले केही प्रचारका नयाँ र वैकल्पिक विधिको प्रयोग गर्ने निर्णय गरेको छ र ती निर्णयहरु कार्यान्वयनमा ल्याउन थालेको छ । मुलधारका सञ्चार विधिहरुलाई प्रचारका लागि अनुरोध गर्ने त छँदैछ, त्यसको अलावा आधुनिक प्रचारका माध्यमहरु सामाजिक सञ्जालहरुको प्रयोग बढी गर्ने, आधुनिक प्रविधिको प्रयोग गरेर नयाँ शक्ति नयाँ पुस्ता र नयाँ प्रविधिमैत्री भन्ने कुरा पुष्टि गर्ने गरी प्रचारलाई व्यवस्थित गर्ने तरिका अवलम्वन गरिएको छ । सामाजिक सञ्जाल मार्फत् आमन्त्रण, प्रचार र छलफललाई व्यवस्थित गर्ने नीति अवलम्वन गरिएको छ ।

सदस्यता प्राप्तिका लागि स्वतस्फुर्त रुपमा आधुनिक प्रविधि इन्टरनेट, इमेल र सामाजिक सञ्जालकै माध्यमवाट इच्छा व्यक्त भएका छन् र करिव कुल संख्याका आधा जति सदस्य यही प्रकृयाबाट बनेको अवस्था पनि छ र यो प्रकृया अझै जारी छ ।

क्लिन काठमाण्डौ, ग्रिन काठमाण्डौ अभियान संचालन गरेको पार्टी भएका नाताले आफ्नो पार्टी घोषणाको अवधिमा पनि अनावश्यक पर्चा पोष्टर वाल पेण्टिड वा माइकिड गरेर कुनै पनि प्रकारको प्रदुषण गर्न नहुने कुरामा हामी सचेत छौ र हामी मार्फत हाम्रा व्यवहार मार्फत अरुलाई पनि त्यसै गर्न आग्रह गर्दछौँ ।

यसका अलावा अडियो, भिडियो र छोटा श्रव्य दृश्य सामाग्रीहरु मार्फत प्रचार गर्ने कामको थालनी भएको छ । आर्थिक सम्वृद्धिको युग घोषणा गर्दै त्यसैलाई केन्द्रमा राखेर पार्टी घोषणा गर्ने भएकाले प्रचारका माध्यम पनि तदनुकुल नै हुनेछन् भने यो अभियानको मुख्य पहलकर्ता हुनुका नाताले पूर्वप्रधानमन्त्री तथा यो अभियानका संयोजक डा बाबुराम भटटराई आफैले प्रत्यक्ष अपील गर्दै हुनुहुन्छ ।

आजसम्मको राजनीतिले व्यवस्थाका विरुद्ध लड्न सिकायो । अब अवस्था विरुद्ध लडौँ। अवस्था भनेको गरिवीको अवस्था, भ्रष्टाचारको अवस्था वेरोजगारीको अवस्था हो भन्ने हाम्रो नारा भनेको छ । मुख्य लक्षका रुपमा आर्थिक सम्वृद्धि हो भने अबको निकास आर्थिक विकास बनाइएको छ ।

वैकल्पिक प्रचारका माध्यमहरुमा जनशैली जनस्तर र जनवोलीको खाचो पर्दछ ।आजसम्मका राजनैतिक प्रचारहरु कुरा आधारभुत वर्गका गरे पनि शैली सम्भ्रान्त प्रकृतिका देखिए । त्यो विकृतिलाई वैकल्पिक प्रचारको माध्यमद्धारा अन्त गरिदिनुपर्छ भनेर सकेसम्म जनबोली जनताले बुझ्ने भाषा र जनताको पहुँचको माध्यम पनि अवलम्वन गर्ने भनिएको छ ।

भोक लागेका बेला खाना छैन होला, प्यास लागेका बेला पिउने पानीको अभाव होला तर, प्रविधिको विकासको कारणले जनताको हातहातमा मोवाइल छ । मोवाइल सन्देशहरु प्रभावकारी भएका छन् यसलाई वैकल्पिक प्रचार माध्यमका रुपमा पनि लिइन्छ त्यसैले हामी मोवाइल सन्देशको पनि विकास गर्न कोशिस गरिरहेका छौँ र प्रचार प्रसारको कार्यभारलाई जनतामा बोझ नबन्ने गरी जनताको अपेक्षा पनि पुरा गर्ने गरी सम्पन्न गर्ने प्रकृयामा रहेका छौँ ।

पार्टीका गतिविधिहरु थाहा पाउन नेताहरुको घर घर धाउन पर्ने वा प्रवक्ताको वाइट नै पर्खन पर्ने वा यो वा त्यो लवीको भ्वाइस आयो भने अर्को लवीको पनि भ्वाइस राख्न पर्ने वा सर्वसाधारणका लागि आधिकारिक बोली कुन हो भन्ने छुटयाउनै कठिन हुने आजसम्मको परम्परालाई हेक्का राख्दै पार्टीको आधिकारिक वेवसाईट मार्फत सार्वजनिक गर्ने गरी देशैभरिका गतिविधि समेटिएको दैनिक बुलेटिन प्रकाशन थालिएको छ । र, सो बुलेटिन देशैभरिका सवै सञ्चार माध्यमहरुमा सम्प्रेशण गर्ने विधिले सबैको पहुँचमा नयाँ शक्ति भन्ने व्यवहारतः पुष्टि गर्ने पनि प्रयत्न गरिएको छ ।

मानिसहरु जवर्जस्ती भेला गर्नै पर्ने भेलामा मानिसहरु जवर्जस्ती बस्नैपर्ने र जवर्जस्ती कुरा बुझेपनि नबुझे पनि मन लागे पनि नलागे पनि सुन्नैपर्ने विगतको गलत अभ्यास नयाँ शक्तिले अवलम्वन गर्ने छैन ।

केही सामान्य अन्तरक्रियाहरु जो स्थानीय मागमा मात्रै आयोजना गरिएका छन् भने घर दैलो अभियान मार्फत् विचारको प्रचार गर्ने र सदस्यताका लागि अनुरोध गर्ने गरेका छौँ। यसका लागि संयोजककै हस्ताक्षरबाट लाखौं निमन्त्रणा पत्रहरु हात हातमा पुर्याउन सुरु गरेका छौँ।

युटुव सन्देशहरु, सामाजिक सञ्जालका म्यासेजहरु, केही रेडियो टेलिभिजन तथा प्रिन्ट एवं अनलाइनमार्फतका सन्देशहरुलाई नै जनताका साधनका रुपमा अवलम्वन गर्ने र यी साधनको पहुँच नभएका स्थानमा जनताको घर दैलोमा उपस्थित भै आग्रह गर्ने, अनुरोध गर्ने विधि नयाँ शक्तिको प्रचारको विधि हुनेछ । पार्टी स्थापना घोषणा कार्यक्रमलाई प्रविधिमैत्री तथा संचारमैत्री बनाउनका लागि हदैसम्मको प्रयत्न गरिने योजना बनाइएको छ ।

प्रचार क्षेत्रमा पनि वैकल्पिक विधिको विकास र प्रयोग दुवै एकैपटक गर्दै र सिक्दै नयाँ शक्ति अगाडि बढदैछ । यसै क्रममा सरोकारवाला सबैको सहयोगको अपेक्षा पनि गरिएको छ ।

पार्टीका भेला सम्मेलन र चुनाव फजुल खर्चका माध्यम हुने र केही खास खासप्रवृत्तिकालागि कमाइका राम्रा माध्यम पनि हुने र केही खास वर्ग यसै वाहनामा चन्दा आतंक मच्चाउन वा सो को मारमा पर्न र सर्वसाधारणका लागि भने प्रदुषणको मार खप्न पर्ने वाध्यतावाट मुक्त गराउन पनि यो पटक प्रयत्न गरिएको छ । अनुत्पादक खर्चले आर्थिक सम्वृद्धिलाई टेवा पुरयाउँदैन भन्ने कुरा आफैमा पुष्टि भैसकेको विषय हो । त्यसैले यसतर्फ गंभिरतापूर्वक ध्यान दिँदै प्रचार–प्रसारको कामलाई व्यवस्थित गर्दै वैकल्पिक प्रचारको विधिको विकास पनि गर्न खोजिएको छ । यसो हुँदा अरुको जस्तै प्रचार अरुको जस्तै व्यवहार नयाँ शक्ति हुन सक्दैन भन्ने हामीले राम्ररी बुझेका छौँ । त्यसैले भिन्न र वैकल्पिक उपायद्वारा प्रचारको शैलीलाई अवलम्वन गरौँ र यसै मार्फत पनि फजुल खर्चमा नियन्त्रण गरौँ र प्रचारका नाममा हुने फजुल खर्चको बचत गरेर भए पनि उत्पादनमा जोड दिउँ, आर्थिक सम्वृद्धिको अभियानमा सहयोगी बनौँ ।

सम्वभ छ, सम्वृद्धि हाम्रै पालामा अबको निकास, आर्थिक विकास । आजसम्म व्यवस्था विरुद्ध लडयौँ, अब अवस्थाका विरुद्ध लडौँ र गरिवी, भ्रष्टाचार र वेरोजगारी विरुद्ध विजय प्राप्त गर्दै सम्वृद्ध नेपाल निर्माण गरौँ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला सफल पारौं भन्ने अभियान सहित वैकल्पिक प्रचार माध्यमको पनि विकास गरौँ।

(खिमलाल देवकोटा / नयाँ शक्ति नेपालका प्रवक्ता )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution