सिन्धुली माभर पर्यो मेरो गाउँ… तामाङ सेलो

सिन्धुली माभर पर्यो मेरो गाउँ… गीतको भिडियो सुटिङ सकेर सम्पादन कार्यमा अघि बढेको छ । गायक सगुन तामाङको शब्द, संगीत र स्वरमा निर्मित भिडियोमा सिन्धुली चैनपुरका दृश्यहरु कैद गरेको छ । बुद्ध लामा तामाङको निर्देशनमा निर्मित भिडियोमा निराजन तामाङ (सूर्य), लक्ष्मी घिसिङ लिम्बु, सजिना गोले तामाङ, सुनिता गोले तामाङ र गायक स्वयंले अभिनय गरेका छन् । विक्रम मोक्तान तामाङले छाँयाङ्कन गरेको भिडियो दिपक तामाङले सम्पादनको कार्य अगाडि बढाएको छ ।