हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बुद्धत्वको मूल

buddha7
भूकम्पले पुर्‍याएको पोहोरको बुद्ध जयन्तीको क्षति समेत खप्टेर सरकारले विश्व बौद्ध सम्मेलन गर्‍यो । स्वयम्भूको तेस्रो आँखा खोलेर बौद्धनाथजस्ता थुप्रै आस्थाका चैत्यहरूको पुन:निर्माणमा शान्तिकामी नेपालीहरू जुटेकै छन् । सिद्धार्थ गौतम जन्मेको दिन, बुद्धत्व प्राप्त गरेको र निर्वाण भएको सुसंयोग पूर्णिमाकै दिन हो । यसपालिको २५६०औँ जन्मजयन्ती इस्वी ५४३ बाट गणना भएको हो भने उक्त मिति निधन भएको मिति हो । जन्म जयन्तीका लागि ८० वर्ष थप्नुपर्ने हुन्छ । यसरी वैशाख पूर्णिमाका दिन संयुक्त राष्ट्रसंघलगायत धेरै देशमा बुद्ध जयन्ती मनाइन्छ । तर, नेपालमा यो परम्पराको जग धर्माधिकारी जगतमान शाक्यले भित्र्याएका थिए । करिब २५ सय वर्षअगाडि कपिलवस्तुको शाक्य वंशका राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट पैदा भएका शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा संसारलाई दु:खमुक्त गर्ने उद्देश्यले दरबार त्यागे । गयाको एउटा पीपलको रूखमुनि ४९ दिनसम्म ध्यानमा बसेपछि पूर्णिमाको दिन चरणबद्ध, पूर्वजन्मको ज्ञान, दिव्यचक्षु र बोधिज्ञान हुँदै बुद्धत्व प्राप्त गरे । त्यसैले शाक्यमुनि बोधिसत्वलाई बुद्ध र त्यो वृक्षलाई बोधिवृक्ष भनियो ।

सारनाथ, बुद्धले पाँच भद्र शिष्यलाई जीवन, जगत्, रसद धर्मबारे उपदेश गरेको स्थान हो । शील, समाधि, प्रज्ञाका आठओटा सत्य बाटा र चार आर्य सत्यबारे दिनुभएको उपदेशलाई ‘धर्म–चक्र–प्रवर्तन’ भनिन्छ र संघको गठन र भिक्षुहरूसँगको वर्षावास पनि सारनाथबाटै सुरु भएको हो ।

भगवान् बुद्धले जन्मस्थल लुम्बिनी, ज्ञान–मोक्ष प्राप्त बोधिगया, धर्म प्रवर्तन स्थल सारनाथ र परिनिर्वाण स्थल कुशीनगरको यात्रा गर्न सबै बुद्ध धर्मावलम्बीलाई सल्लाह दिएका छन् । यसैको शिरोपर गरेर सम्राट अशोकले राज्याभिषेकको दुई दशकपछि देवदूतका रूपमा लुम्बिनीमा अशोक स्तम्भ निर्माण गरे । उनैको प्रसाद र प्रतापले नेपालबाट एसियाको ज्योति फैलिएको छ ।

परिनिर्वाणको दुई सय वर्षपछि अशोकले अफगानिस्तानदेखि एसियाका चारै दिशामा बुद्ध धर्म फैलाए । शान्ति र मानव मुक्तिका लागि समर्पण गर्दै छोरी संघामित्रा र छोरा महेन्द्रलाई श्रीलंका पठाएर भिक्षु र भिक्षुणीको संघ खोल्न लगाए । यसबाट नारी समानता झल्किन्छ भने सबै उपदेशमा संस्कृतीकरण नगरेर जनभाषाको प्रयोग गरिएको छ ।

थेरवादको कठोर आचारबाट फुत्केर महासांघिक हुँदै खुकुलो भएको बौद्ध धर्म बज्रायनमा पुगेर परिमार्जित भएको छ । १८ शाखामा विभाजित बौद्ध साहित्यमा पाली भाषामा उद्धृत ८४ हजार श्लोक छन्, जसलाई पछि राजा कनिष्कले र विद्वान् नागार्जुनले संस्कृत भाषामा लिपिबद्ध गराए । खास गरेर काठमाडौँ उपत्यका लिच्छवि काल, बौद्ध धर्मका लागि चीन र भारतबीचको रेशमी सडक (सिल्क रुट) एउटा सडक मात्र होइन, भण्डारण गर्ने गोदाम पनि थियो । अंशुवर्मा कालमा नै भृकुटी धर्मदूतसमेत भएर चीन पुगेकी हुन् । नालन्दामा पढेका चिनियाँ यात्री हुयन साङ र गुरु पद्मसम्भवको पनि नेपालको बुद्ध धर्मको विकासमा यथेष्ट योगदान छ । तर पनि, नेपालमा बुद्धवादीहरूको संख्यामा कमी छ । यसका लागि जयस्थिति मल्लले शैव र बौद्धको भेद गराउनु पनि हो भनिन्छ । गोरखाली हिन्दुत्वको पनि यसलाई सेप लाग्यो भनिन्छ । राणाहरूले त वैशाख पूर्णिमाका दिन देवालीको वली दिएर अहिंसाको मर्ममाथि प्रहार नै गरे ।

नेपालमा आयोजित २०१३ को चतुर्थ विश्व बौद्ध सम्मेलनमा राजाले ‘नेपाल आमाका सुपुत्र’ भनेर गरेको उद्घोष अझै जपिराख्नु परेको छ । गत वर्ष नेपालको संसद्मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मेको सहर्ष सकारेका थिए । तैपनि, लुम्बिनीमाथिको चलखेलमा झेल गर्ने क्रममा पूर्णविराम लागिसकेको छैन । इसापूर्व २४९ मा मौर्य सम्राटले लुम्बिनीमा बुद्ध जन्मस्थल भएको किटानसाथ अशोक स्तम्भ राखेर गए । सयौँ वर्षसम्म अज्ञात पवित्र स्थलमा सन् १८९६ मा जंगल कटान गर्न पुगेका पाल्पाली जर्नेल खड्गशमशेरका कामदारले पुरिएको अशोक स्तम्भ पत्ता लगाए । साथै, पाइलट मेजर जसकरणको सूचनाका आधारमा जर्मन पुरातत्त्वविद् फुअररले स्तम्भमा पाली भाषामा लेखिएको बेहोरा उतारेर बुद्धको जन्मस्थलको घोषणा गरे । उनको योगदान सम्झँदा सबै देशभक्तको शिर निहुरिन्छ ।

त्यसपछि सन् १९६७ मा महासचिव ऊथान्तले लुम्बिनीमा पाइला मात्र टेकेनन् । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पहिचान दिएर सन् १९७० मा राष्ट्रसंघमा लुम्बिनी विकास समिति गठन गरे । उनकै प्रेरणामा विख्यात वास्तुकलाविद् केन्जो टाँगेले नि:शुल्क रूपमा २५ स्क्वाएर माइल क्षेत्रमा पुन:निर्माण गर्ने गुरुयोजना बनाइदिए । मायादेवी मन्दिर, उद्यान, पोखरी, विभिन्न राष्ट्रका गुम्बा, चैत्य र विहार अनि ठूला होटल जो छन्, ती सबै केन्जो टाँगेका समर्पण र परिकल्पना हुन् भन्दा अत्युक्ति हुँदैन । श्रद्धेय ऊथान्तको प्रेरणाले विश्व सम्पदा सूचीमा स्थान पाउन पनि सफल भयो । यस महान् निर्माणको गर्भमा सन् १९९७ सालको एकै महिनामा दुइटा जघन्य हत्या भएको छ । युवा जापानी भिक्षु युताका नावातामेको हत्या भयो, उनी सुतेको ठाउँमै गोली हानेर । अर्को हत्या मायादेवीे मन्दिरमा उम्रेको बोधीको रूख काटेर भयो । जसको जराबाट टिस्यु कल्चर गरेर निकालेको सन्तानको बिरुवा संस्कृतिविद् सत्यमोहन जोशीको घरमा हुर्केको देख्न सकिन्छ ।

बुद्धका अग्रणी श्रावक सारिपुत्र र मौदगल्यायनको स्मृतिमा बनेको बिहारले नालन्दा विश्वविद्यालयको रूप लियो । आठ सय वर्षसम्म विश्व शिखरमा पुगेको यो प्रज्ञा केन्द्रमा प्राचार्य नागार्जुन, लामा धर्मका जनक पद्मसम्भवले अध्ययन गरेका थिए भने पाँचौँ शताब्दीमा यही केन्द्रमा तन्त्रको अध्ययन गरेका थिए । १२औँ शताब्दीमा मुसलमानले पुस्तक जलाउने, संरचना भत्काउने र छात्र भगाउने काम गरे । लुम्बिनीलाई बुद्धत्वको उद्गमस्थल बनाउने उद्देश्यले नेपाल सरकारले ०६१ मा लुम्बिनीमा बौद्ध विश्वविद्यालय खोलेको छ । सन् १९९८ मा भएको शिखर सम्मेलनको प्रस्ताव अनुसार सन् २०११ मा हिरोसिमा र नागासाकीका मेयरहरूलाई ५० हजार डलरको पुरस्कार प्रदान गरियो । श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रस्ताव कार्यान्वयनको तहमा छ । डुराहाम विश्वविद्यालयको मूर्त, अमूर्त पुरातात्त्विक उत्खननले इसापूर्व ६०० वर्षअगाडि मानव अवस्थितिको टुंगो लगाएर आशातीत सफलता पाएको छ । अब बुद्धत्वको मूल लुम्बिनीको व्यवस्थापन गर्न सके तेलखानीजस्तै हुने सम्भावना जति टड्कारो छ, राजनीतिक अस्थिरता, अकुशल कर्मचारीतन्त्रले गर्दा भुइँको टिपौँ भन्दा पोल्टाको पनि झर्न के बेर !

– पदमसिंह कार्की

  कान्तिपुर  /  नेपाल – १२ जेठ २०७३ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution