हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

राष्ट्रिय सहमतिको सरकार मेरो नेतृत्वमा: दाहाल

dh
काठमाडौँ, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०७४ साल मङ्सिरमा चुनाव भएर आफ्नो पार्टीले बहुमत ल्याउँछ, अनि गठबन्धन सरकार निर्माणको शृङ्खला सकिन्छ ।”

संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको घटना स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले लोकतन्त्रमा सहमतिका आधारमा होइन, प्रतिपक्षको भूमिका हुनुपर्छ भनेर जोड दिएकाले सहमति बन्न नसकेको बताउनुभयो ।

अनौठो र अनुपयुक्त ढङ्गबाट सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको प्रतिपक्षमा बस्ने निर्णयले सहमति नमान्ने र भत्काउने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूहरु सधैँ राष्ट्रिय सहमतिकै पक्षमा छौँ, प्रमुख तीन राजनीतिक दलबीच सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रिय सहमति नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको भन्दा पनि राष्ट्रिय सहमति बन्ने कि नबन्ने, संविधान लागू गर्ने, पुनःनिर्माण, मधेसमा उठेको मुद्दालगायतका विषयवस्तुलाई समाधान गर्ने कुरा बढी महत्वपूर्ण छन्, सरकारका बारेमा जति चासो हुने गरेको छ, त्योभन्दा बढी सञ्चारमाध्यमले राष्ट्रिय एकतामा चासो दिन आवश्यक छ ।”

राष्ट्रिय सहमति बन्यो भने मात्र सरकारको जिम्मेवारी लिने भन्ने कुरा भएको स्पष्ट गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना छ, राष्ट्रिय एकता बन्ने कुरा महत्वपूर्ण छ ।”

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको चहनाअनुरुप संविधानसभाबाट समावेशी र प्रगतिशील संविधान जारी भएकाले सबै राजनीतिक दल यसको कार्यान्वयनमा लाग्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार रहन्छ रहँदैन सरकारमा रहने दलहरु जानुन्, सरकार गठनप्रति होइन, व्यवस्था, प्रणाली र पद्धतिलाई कसरी कार्यान्वयन गर्दै जाने भन्नेप्रति चिन्तित छु, संविधान कार्यान्वयनकै प्रश्न महत्वपूर्ण हो ।”

उपप्रधानमन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारको अस्तित्वमाथि कुनै प्रश्न नै नउठेको बेला सरकार परिवर्तनको अनावश्यक रुपमा हल्ला चलाइएको भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “समग्ररुपले बजेट सकारात्मक भए पनि पर्याप्त सरसल्लाह हुन नसक्दा केही कमीकमजोरी देखिएको छ, यद्यपि हामी नैतिक समर्थन गर्दछाँै, यो सरकार पनि राष्ट्रिय सहमतिकै सरकार हो । सरकारबारे तत्काल नयाँ ढङ्गबाट जानुपर्छजस्तो आवश्यक छैन ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्सेर राणाले प्रमुख सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठनमै सबैभन्दा पहिले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सत्ताघटक दलसँग केही सल्लाहै नगरी अत्यन्त तामझामका साथ घोषणा गरिएको बजेटमा राजस्व सङ्कलन, विकास खर्च कार्यान्वयन पाटो केही नभएको देखावटी मात्र हो ।”

समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका वरिष्ठ अधिकृत तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित एवम् राप्रपाका शुभचिन्तकहरु सहभागी हुनुहुन्थ्यो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution