हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सरकारको कारण थन्किए २१५ वटा आयोजना

काठमाडौँ, वैशाख २८ गते । सरकार आफैँले निर्माण गर्ने भनिएको २१५ वटा जलविद्युत् आयोजनाको सम्बन्धमा हालसम्म कुनै पनि निर्णय हुन नसक्दा मुलुकको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुनसकेको छैन ।

‘बास्केट फन्ड’ भनेर ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले दश हजार २४३ मेगावाट विद्युत् उत्पादन हुने आयोजना त्यतिकै राखेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय समावेश गरिएको छैन भने गत फागुन ६ गते घोषणा गरिएको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजना, २०७२ मा समेत बास्केटमा राखिएका ती आयोजना अगाडि बढाउने ढाँचा के हुने भन्ने बारेमा प्रष्ट अवधारणा अगाडि सारिएको छैन ।

सर्वेक्षण अनुमतिपत्र लिएका तर काम नगरेका, अनुमतिपत्रका म्याद सकिएका, प्रारम्भिक निवेदन दिएर पनि काम नगरेका आयोजनालाई सरकारले आफ्नै स्वामित्वमा राखेको छ । ती आयोजनाको क्षमता एक मेगावाटदेखि एक हजार ११० मेगावाटसम्म छ । पन्ध्र वर्षदेखि सरकार आफँैसित राखेका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने वा आफैँले निर्माण गर्ने भन्ने बारे निर्णय हुन सकेको छैन ।

निजी क्षेत्र तथा अन्य सरोकार भएका व्यक्ति वा निकायले प्रतिस्पर्धाका आधारमा सरकारको स्वामित्वमा रहेका आयोजना अगाडि बढाउन माग गर्दै आएका छन् । तर ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले कुनै अवधारणा अगाडि सार्न सकेको छैन । विभागकाअनुसार सरकारको स्वामित्वमा सुनकोसी दोस्रो एक हजार ११० मेगावाट, सुनकोसी तेस्रो ५३६, तामाकोसी पहिलो १००, फूलकोट कर्णाली २१०, नलस्यालगाड जलाशय ४००, नालम कर्णाली ३०३, मुग कर्णाली १९४, मादी सेती ८६, तल्लो अरुण ४००, कर्णाली सातौँ ३३०, कालीगण्डकी गर्ज १६४, जगदुल्ला खोला ७५, हुम्ला कर्णाली क्यासकेड ९१६, हुम्ला कर्णाली एक २७४, चैनपुर सेती ४५४, बुढीगण्डकी २५४, भेरी एक ४४० र भेरी दुई २४३ मेगावाट लगायतका ठूला आयोजना रहेका छन् ।

यस्तै जिविस, स्थानीय सहकारी तथा निजी क्षेत्रले समेत निर्माण गर्न सक्ने साना तथा मझौला आयोजना पनि सरकारको स्वामित्वमा रहेको छ । आकर्षक एवम् बहुउद्देश्यीय प्रकारका आयोजना पनि सरकारले हालसम्म आफँै राखेको छ । मुलुक ऊर्जा सङ्कटको चपेटामा परिरहेको बेला सरकारको स्वामित्वमा नै रहेका आयोजनालाई अगाडि बढाउन विशेष पहल र आह्वान हुनुपर्ने माग उठेको छ । तर त्यसतर्फ न त ऊर्जा मन्त्रालयले ध्यान दिएको छ न विभाग नै तयार देखिएको छ ।

विभागले जलविद्युत् लगानी तथा विकास कम्पनीले अगाडि बढाउन चाहेको रेमिट हाइड्रोका दुई वटा आयोजनालाई समेत अनुमति दिएको छैन । ऊर्जा सङ्कट निवारण कार्ययोजनामा समेत समेट्न नसकिएका र पछिल्लो पटक सरकारको नीति तथा कार्यक्रममा समेत त्यस्ता आयोजनाका सम्बन्धमा कुनै प्रावधान नराख्दा बास्केट फन्डमा रहेका ती आयोजनाबारे ठोस निर्णय हुन सकेको छैन ।

‘सहज हुने आयोजनाको प्रक्रिया अगाडि बढ्छ’

विभागका महानिर्देशक समिररत्न शाक्य सरकारको स्वामित्वमा रहेका भनिएका आयोजना एउटै प्रकृतिका र एउटै आयोजना भएकाले दश हजार मेगावाट क्षमता भन्नु जाजय नभएको बताउनुहुन्छ । रासससँग कुराकानी गर्दै महानिर्देशक शाक्यले अनुमतिपत्र लिएर काम नगरेका, प्रक्रिया नपु¥याएका तथा अनुमतिपत्र लिएर कुनै पनि प्रक्रियामा सहभागी नभएका आयोजना बास्केट फन्डमा रहेकाले त्यसको मिहिन अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “सरकारी स्वामित्वमा रहेका आयोजनाको अध्ययन गरिरहेका छौँ । निर्माण गर्न सकिने नसकिने पत्ता लगाएर आवश्यक निर्णय गर्छौँ ।’’ आयोजना छानबिनका लागि विभागले उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको र चाँडै आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ ।

‘हामी बनाउन तयार छौँ’

सरकारको स्वामित्वमा रहेका साना तथा मझौला आयोजना निजी क्षेत्रले नै बनाउन सक्ने भएकाले सरकारले सहजीकरण गरिदिनुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था९इपान०ले जनाएको छ ।

इपानका उपाध्यक्ष शैलेन्द्र गुरागाईँ ठूला आयोजना विदेशीलाई दिइएको र साना आयोजना काम नभएको भन्दै आफैँले राख्ने सरकारको प्रवृत्ति ठिक नभएकाले सोचाईमा नै परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । “सरकारले सार्वजनिक रुपमा प्रतिस्पर्धा गराओस, बास्केट फन्डमा रहेका धेरैजसो आयोजना नेपाली आफैँले निर्माण गर्न सक्छन् । हामी त्यसका लागि तयार छाँै ।” स्वदेशी उद्यमीलाई आयोजना बनाउन दिने गरी नीति बनाउनुपर्ने र त्यसका लागि सहजीकरण गर्नुपर्ने इपानको भनाइ छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution