सेनाको हतियार भण्डारण केन्द्रमा आगलागी, १७ जनाको मृत्यु
मुम्बई-भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा १७ जना सैनिकको मृत्यु भएको छ । यस लागलागीमा परी अन्य १९ जना सैनिक घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले सोमबार सो समाचार दिएका छन् । पश्चिम भारतीय राज्य महाराष्ट्रको नागपुर सहरनजिकै पुलगाओन क्षेत्रमा रहेको सो गोदाममा स्थानीय समयाअनुसार सोमबार मध्यराति सो आगलागी भएको बताइएको छ ।
यस आगलागाीमा परी १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका र घाइतेहरुको अवस्था खतरामुक्त भएको वार्धा जिल्ला प्रहरी निरीक्षक स्मित पाटिलले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई बताएका छन ।
हाल उद्धारकर्ताहरुले सो आगलागी नियन्त्रणमा लिइएको बताएका छन् । सो गोदामको वरिपरि बसोवास गर्दै आएका हजारौँ बासिन्दालाई त्यस स्थानबाट अन्यत्र सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ ।
भारतीय समाचार समिति पिटीआइका अनुसार सो घटनामा मारिएका १७ जना नै सैनिक अधिकारी हुन् ।
मङ्गलबार मध्य राति सुरु भएको सो आगलागी स्थानीय समयअनुार बिहान मङ्गलबार ६ः१५ बजे मात्र नियन्त्रणमा लिइएको बताइएको छ । रासस/एएफपी