हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल – दक्षिण कोरिया

nk

सोल, जेठ १८ । दक्षिण कोरियाको सैनिकले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ । अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न लागेको सो मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
दक्षिण कोरियाली सेनाका एकजना अधिकारीले टेलिफोनबाट दिएको जानकारीमा उत्तरले मङ्गलबार बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको जनाएको छ ।मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो । सो तयारीको सूचना सोलले पनि प्राप्त गरेको जनाएको थियो । सोही सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । उत्तरले कोरियाले गएको जुन महिनादेखि पटक पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको छ ।

त्यसमध्ये यसअघिको अर्काे एक परीक्षण पनि असफल भएको बताइएको थियो । कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आफूले निशस्त्रीकरणका लागि संसारलाई नै सहयोग गर्ने बताएका थिए । त्यस्तै उनले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि गरेका थिए । तर पनि उत्तरको यसअघिको अविश्वासका कारण दक्षिण कोरिया सो प्रस्तावबाट सन्तुष्ट हुन सकेको छैन । दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्ने र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्ने धारण उनले सो बखत राखेको भएपनि वास्तावमा त्यसो हुन सकिरहेको छैन । दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न समेत उनले आग्रह गरे ।

दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको बदलाको भावनाको कारण सजिलै उत्तर कोरियामा परिवर्तन आउने अपेक्षा गर्न सकिँदैन भने यसले कोरियाली प्रायद्वीपमा शान्तिका लागि पनि कुनै योगदान गर्न सक्ने देखिँदैन । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव पुष्टि भईसकेको बताउने गरिएको छ । तर मङ्गलबार बिहान गरेको भनिएको सो असफल क्षेप्यास्त्र परीक्षणका बरेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । रासस÷एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution