हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

करोडौं मुल्यको ढँटेलो खेर

dhatelo
हुम्ला (सिमकोट) जेठ १८ गते । सिमकोटवाट ८ कोष टाढाको हेक्पा गाविसको जंगलमा पाइने करोडौं मुल्य वरावरको ढँटेलो खेर गएको छ ।
ढँटेलोको फलवाट निकालिने तेल खाने तथा कस्मेटिकका सामानमा प्रयोग हुने ढँटेलोलाई मानिसले रुखवाट नटिप्नाले खेर गएको हो ।
सो गाविसका स्थानीय पुर्ण लामाका अनुसार हेक्पा गाविसमा ४९ हेक्टर जमिनमा यो वर्ष ढँटेलो लटरम्म फलेको छ । तर, मानिसले सो फललाई नटिप्नाले त्यति कै खेर गएको छ । त्यति मात्र होइन ढँटेलो फलेको जंगल कालै देखिन्छ । प्ररम्परागत रुपमा ढँटेलेको फलवाट तेल निकालेर मानिसहरुले आफ्नो दैनिक जीवनमा प्रयोग गर्दै आएको र यो पछिल्ला यसको वजार काठमाडौसम्म भए पनि यसलाई मानिसले प्रयोगमा ल्याउन नसकेको सिमकोट गाविसका वाँचु रावतले वताउनु भयो । उहाँका अनुसार केही सम्य अगाडीसम्म वजारमा पाइने तेल जिल्लामा नआउने र हुम्लाका मानिसले ढँटेलो, चुली, खाँवु, ओखर र तोरीको तेल प्रयोग गर्ने गर्थे तर अहिले मानिसहरु पुरै वजारको तेल प्रयोग गर्न थालेको र ढँटेलो जस्ता अर्गानिक अन्य प्रकृतिवाट निशुल्क पाइने फलफुल टिपेर तेल निकाल्न छोडेको वताउनु भयो । जंगलमा त्यति कै फल्ने र मानिसले ढँटेलो फलाउन कुनै मिहेनेत गर्नु नपर्ने फललाई नटिप्नाले यो खेर गएको हेक्पा गाविसका कटक वहादुर लामाले वताउनु भयो । यति धेरै संभावना भएको र मानिसको राम्रो आम्दानीको श्रोत देखिएको करोडौं मुल्यको ढँटेलो हुम्लाको जंगलमा खेर गएको उहाँले वताउनु भयो । यसलाई खेती पनि गर्न सकिने र व्यवसायीक रुपमा ढँटेलोको खेती गरि तेल उत्पादन गर्न सके जिल्ला मै स्वरोजगारी सृजना हुने र जिल्लामा करोडौं रुपैया भित्रिने सिमकोट गाविसका सचिव धर्मराज रोकायाले वताउनु भयो ।

यो फललाई सिमकोट, ठेहे, डाँडाफया, छिप्रा, लालि, राया र खार्पुनाथ गाविसमा केही मात्रमा टिप्ने गरिएको ठेहे गाविसकी जुनकला वोहोराले वताउनु भयो । जिल्लाका २७ मध्य २६ वटा गाविसका जंगलमा फल्ने ढँटेलोलाई सवै संकलन गर्न सके हुम्लीको आम्दानीको राम्रो श्रोत वन्ने हिमाली तेल उद्योगका संचालक कल्पना रावतले वताउनु भयो । हाल हुम्ला जिल्लामा ढँटेलो सयौं टनका हिसावले उत्पादन हुने गरे पनि सिमित मात्र संकलन हुने गरेको उहाँले वताउनु भयो । ढँटेलोको वियाको अहिले सिमकोट वजारमा प्रति केजी २ सय रुपैयामा उहाँको उद्योगले खरिद गर्दै आएको छ । उहाँका अनुसार एक केजी ढँटेलोवाट आधा लिटर तेल निस्कने गरेको छ । ढँटेलोको तेलको मुल्य सिमकोट वजारमा ४ सय ५० रुपैया पर्ने गरेको संचालक रावतले वताउनु भयो । उहाँले आफुले खरिद गरेको सो तेल सिधै काठमाडौ पठाउने गरेको वताउनु भयो । यसको ल्याव टेस्ट भैसकेको र ढँटेलोको तेलवाट कस्मेटिकका सामान निर्माण भएको हिमालय वायो ट्रेडको प्रवन्धक खिलेन्द्र गुरुङ्गले वताउनु भयो । उहाँका अनुसार ढँटेलोका तेलवाट निमार्ण हुने कस्मेटिकको सामानले मानिसको छाला गोरो वनाउछ , यसको वजार युरोपमा सुरु भएको छ । उहाँका अनुसार हुम्लाको हावापान िढँटेलो खेतीका लागि योग्य रहेको छ ।

-राजन रावत






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution