मुलुकलाई समृद्ध र विकसित मुलुक बनाउन इन्जिनियरले महत्वपूर्ण भूमिका खेल्नुपर्छ: डा. भट्टराई
काठमाडौँ, १७ जेठ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पन्ध्र वर्षभित्र नेपाललाई मध्यमस्तरको विकसित मुलुक बनाउनका लागि इन्जिनियरहरुलाई दृष्टिकोण बनाउन आह्वान गर्नुभएको छ ।
यहाँ आज नेपाल इन्जिनियरिङ समाजको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध र विकसित मुलुक बनाउन इन्जिनियरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
‘स्वाधीन समृद्ध र समतामूलक नेपालको आधार, सक्षम इन्जिनियर जनशक्ति र पूर्वाधार’ भन्ने नाराका साथ भएको इन्जिनियरको प्रथम भेलाले डा लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा न समाजको १५१ सदस्यीय अन्तरिम परिषद् गठन गरेको छ ।
‘कम्युनिस्ट नेता अथाह कमाए’
डा भट्टराईले नेपालका केही कम्युनिस्ट भन्ने नेताले व्यक्तिगत रुपमा अथाह सम्पत्ति कमाइरहेको बताउनुभएको छ ।
स्थानीय जोरपाटीमा नयाँ शक्तिको स्थानीय समितिले आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “न ती साँचो अर्थमा कम्युनिस्ट हुन्, न उनीहरुले देश र जनतालाई समृद्ध बनाउन सक्छन्, तिनले त आफूलाई मात्रै समृद्ध बनाइरहेका छन् ।”
नयाँ शक्तिका गोकर्णेश्वर, कागेश्वरी मनहरा एवम् शङ्खरापुर नगर परिषद्ले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भावनाले मात्र विकास र समृद्धि नहुने भएकाले यसका लागि स्पष्ट योजना र प्राथमिकता किटान गर्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो ।