तामाङ थर: ग्यापक, ग्याबक, ग्यावक, ग्याबा, घ्याबाको राष्ट्रिय भेला विवादमा
सोनाम तामाङ ग्यापक – तामाङ जातिको धेरै आफ्नो थरहरु हुन्छन त्यस मध्यको ग्यापक, ग्याबक, ग्यावक, ग्याबा, घ्याबा पनि एक हो । नेपाल लगायत सन्सार भरी छरिएर रहेको यी तामाङ बंशहरु एक हुनाको लागि भनी काठमाडौं सुकेधाराको एक पार्टी प्यालेसमा गरिएको भेलामा सहजकर्ताको भुमिका निर्वाह गरिएका रबिन्द्र ग्याबकले अब ग्यापक,ग्याबक,ग्यावक,घ्याबा होइन ग्याबा लेखौ किन भने हाम्रो स्वागे भाइहरु वाइबा , रुम्बा, जिम्बा आदिको अन्तिम अक्षर बा मा टुंगिने हुनाले हाम्रो पनि बा मा टुंग्याउन ग्याबा लेख्नु पर्छ भने पछि बिबाद उत्पन्न भएको हो।
नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा संचारकर्मी सोनाम तामाङ ग्यापकले अरु तामाङ थरहरुको स्वागे भाइको मिलाउन नपर्ने हाम्रो किन पर्ने हाम्रो पहिचानलाइ अहिले नै मेटाउनु नहुने यसको टुंगो अहिले नै लगाउन नहुने हरेक जिल्ला र बस्तिहरुको रिपोर्ट अनुसार गरिनु पर्ने ग्याबा लेख्दा यो समाजले नोकरि चाकरीको व्याख्या गरिने भएको हुँदा हिम्साबोध हुने हुदा क हटाउनु नहुने र भाबी दिनमा झन चुनौती थपिने बनी सकेको प्रमाणपत्रहरु सचिन नसक्ने हाम्रो पहिचान नै गुम्ने भएको हुदा यो ग्याबा लेख्न मान्य नहुने बिचार राखे पछि अशिकाम्शाले साथ दिएका थिए।