हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

‘पाकिस्तानले चाहेमा दिल्लीलाई ५ मिनेटमा सिध्याउन सक्थ्यो’-अब्दुल कादिर खान

Abdul_Qadeer_Khan

इस्लामाबाद: पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन्। उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षमता भएको उनको भनाइ छ।

खनले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन्। पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको १९ औं वार्षिकोत्सवका अवसरमा शनिबार इस्लामाबादमा खानले यस्तो खुलासा गरेका हुन्।

तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले विरोध गरेपछि उक्त परीक्षण रोकिएको उनले बताएका छन् । पाकिस्तानलाई उपलब्ध गराइँदै आएको अन्तर्राष्ट्रिय सहायता कटौती हुने भन्दै हकले विरोध गरेको उनको कथन छ। त्यतिखेर सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए।

खानले भने, ‘पाकिस्तानले भारतमा परमाणु परीक्षण गरेमा अन्तर्राष्ट्रिय शक्तिले पाकिस्तानलाई दिने सैन्य सहयोग पनि बन्द हुने भन्दै राष्ट्रपतिले हामीलाई रोक्नु भयो।’ उनले पाकिस्तानले पाँच मिनेटमा काहुतादेखि नयाँदिल्लीलाई निसाना बनाउने बताए । काहुता पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर हो।

उनले आफूले सहयोग नगरेको भए पाकिस्तान परमाणु शक्ति सम्पन्न पहिलो मुस्लिम राष्ट्र बन्न पनि नसक्ने दाबी गरे । यसरी निकै पहिले नै आफ्नो सक्रियतामा पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न बनाएको उनको दाबी थियो।

राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा आफूमाथि अन्याय भएको उनले दाबी गरे। परमाणु वैज्ञानिकलाई सम्मान दिइनुको साटो आफूले यातना भोग्नु परेको भन्दै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्। तत्कालीन सेना प्रमुख एवं राष्ट्रपति परवेज मुसर्रफले परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो।

भारतीय वैज्ञानिकद्वारा खण्डन

नयाँदिल्ली: पाकिस्तानी परमाणुका पिता कादिर खानको भनाइको भारतले खण्डन गरेको छ। भारतसँग पनि त्यस्ता पारमाणविक हतियार भएको त्यसले पाकिस्तानलाई ध्वस्त बनाउन सक्ने भारतीय रणनीतिक विशेषज्ञहरूको भनाइ छ।

भारतले यस्ता हतियार युद्धका लागि नभई प्रतिरोधका लागि मात्र प्रयोग गर्ने उनीहरूको भनाइ छ।विवेकानन्द इन्टरनेसनल फाउन्डेसनका निर्देशक पूर्व सेनाप्रमुख जनरल एनसी विजले भने, ‘खानको भनाइ निकै अपरिपक्व छ।

भारतले यस्ता केटौली पाराका कुरा गर्दैन।’ उनले सस्तो प्रचारका लागि खानले यस्ता कुरा गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। – अन्नपुर्ण पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution