हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

केडियालाई लुकाइएको ठाउँबाट उद्दार होइन, अपहरणकारीले आफै ल्याएर छाडिदिएका थिए

kk

वीरगञ्ज : अपहरण भएको चौथो दिन उद्योगी सुरेश केडिया घर फर्किएका छन्। भारतीय प्रहरीको स्पेस टास्क फोर्सले सकुशल उद्दार गरेका केडियालाई रक्सौलमा ल्याएर नेपाली प्रहरीलाई हस्तान्तरण गरिएको थियो।

त्यसअघि दुई देशका प्रहरीको संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपाल दुवै प्रहरीको समन्वयमा अपरेसन गरेर केडियाको उद्दार गरिएको जानकारी दिइयो। भारतका तर्फबाट प्रहरी जितेन्द्र राना र विनयकुमारले केडियालाई रक्सौलसम्म लिएर आएका थिए।

भारतीय प्रहरीले रन्जन झा नाम गरेका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। उनी अपहरण गर्दा प्रयोग भएको गाडीको ड्राइभर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यसैगरी छ वटा हतियार र चार वटा गोली पनि बरामद भएको छ।

विहारका मुख्यमन्त्री नीतिशकुमारको निर्देशनमा भारतीय प्रहरीले स्पेसल टास्क फोर्स बनाएर केडियाको उद्दार गरेको थियो। रक्सौलका व्यापारी महेश अग्रवालले केडियाको उद्दार नभए रक्सौलका व्यापारीसमेत त्रसित हुन्छन् र व्यापार चौपट हुन्छन् भन्दै आवाज उठाएका थिए। मुख्यमन्त्री नीतिशकुमार सम्म पुग्न उनीहरुले भाजपाका सा‍ंसद सन्जय जैसवालको सहयोग लिएका थिए।

कहाँ भेटिए केडिया?
स्पेसल टास्क फोर्सले अपहरणकारीले केडियालाई लुकाएर राखेको ठाउँमा छापा मारी उद्दार गरेको भने होइन। प्रहरीले हाल भारतीय जेलमा रहेका कुख्यात भारतीय अपराधी बब्बु दुबेको समूह अपहरणमा स‍ंलग्न भएको पत्ता लगाएपछि उनको परिवारलाई नियन्त्रणमा लिएर सोधपूछ गरेको थियो।

त्यसपछि अपहरणकारी आफैले केडियालाई लुकाएर राखेको ठाउँबाट मोटरसाइकलमा राखी मोतिहारीको छतवनी चोकमा ल्याएर छाडिदिएका थिए।

पत्रकार सम्मेलनमा केडियाले आफूलाई हातमुख बाँधेर अगाडि एक जना र पछाडि एक जना बसी त्यो ठाउँमा ल्याई छाडिदिएको बताए। उनले मिडियामा फिरौति मागिएको भनी आएको समाचारको खण्डन पनि गरे।

घटनामा दुवैतर्फका आपराधिक समूहको संलग्नता हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो |

दुबे तीन वर्षअघि काठमाडौँमै पक्राउ परी भारतमा बुझाइएका अपराधी हुन्।@पहिलो पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution