हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बैंकबाट रेमिट्यान्स पठाउनेलाई घरजग्गामा २५% रजिष्ट्रेशन छूट

अर्थमन्त्री विष्णुप्रसाद पौडेले शनिबार सार्वजनिक गरेको बजेट भाषणमा बैंकिङ च्यानलमार्फत विप्रेषण पठाउनेलाई घरजग्गा किन्दा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छूट दिने घोषणा गरेको छ।

सरकारको यो नयाँ व्यवस्थाले औपचारिक माध्यमबाट विप्रेषण पठाउन वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। ठूलो मात्रामा हुण्डी तथा अनौपचारिक माध्यमबाट विप्रेषण आप्रवाह हुँदा विदेशी सरकारले विदेशी मुद्रा प्राप्त गर्न सक्दैनथ्यो। यसरी रकम पठाउँदा वैदेशिक रोजगारीमा रहेका कामदार ठगिन सक्ने जोखिम पनि रहने गर्छ।

बैदेशिक रोजगारीबाट फर्केका युवा वा तिनका आफन्तले अब घरजग्गा किन्दा विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलको प्रयोग गरेको प्रमाण पेश गरेमा रजिष्टे«शन शुल्कमा २५ प्रतिशत छूट हुने छ। सरकारले बैंक मात्रै भने तापनि रेमिट्यान्स कम्पनीमार्फत पठाएको रकमलाई मान्यता दिने वा नदिने अझै स्पष्ट हुन सकेको छैन।

चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाहमा १३ प्रतिशतले वृद्धि भई नेपालले ४ सय ८२ अर्ब रुपैयाँ विप्रेषण भिœयाएको छ। विदेशबाट आउने विपे्रषणको एकिन तथ्यांक नभए पनि गैरबैंकिङ च्यानबाट करिब ४० प्रतिशत रकम भित्रिने अनुमान छ। विदेशमा कमाएको पैसाले विशेष गरी घरजग्गा जोड्ने भएकोले सरकारले घरजग्गामा नै यस्तो योजना लागू गर्न खोजेको हो। यतिमात्रै होइन औपचारिक च्यनलबाट रकम आएको प्रमाणको आधारमा नै सरकारले सञ्चालन गर्ने आयोजनाहरुमा शेयर लगानी गर्न दिने व्यवस्था पनि गर्न लागेको छ।

वैदेशिक रोजगारीमा गएकाहरुको सीप र दक्षता परीक्षण गरी उनीहरुलाई प्रमाणपत्र दिने व्यवस्था पनि सरकारले ल्याउने भएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution