महिलाले थाह पाउनु पर्ने पाँच अत्यन्तै महत्वपुर्ण जानकारी
महिलाहरुले आफ्नो जीवनमा थाह पाउनु पर्ने पाँच अत्यन्तै महत्वपुर्ण जानकारीहरु यस प्रकारका छन् |
३५ वर्ष अघि नै गर्भवती: महिलाहरु आफ्नो अन्डासयमा सिमित अन्डा लिएर जन्मिएका हुन्छन्। जब अन्डाहरु सकिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र समाप्त हुन्छ। मासिक धर्म रोकिनु १० वर्ष अगाडि नै महिला उर्वरता न्यून र करिब करिब शुन्य भएको पाइएको छ। दक्षिण एशियाका औसत महिलाको ४८ वर्षको उमेरमा मासिक धर्म रोकिन्छ। पश्चिमा मुलुकका अन्य देशहरुको तुलनामा यस क्षेत्रका महिलाको पाँच वर्षअघि नै मासिक धर्म रोकिने गरेको विभिन्न तथ्यांकले देखाएको छ। त्यही भएर पनि नेपाल, भारत लगायतका महिलाहरुले ३५ वर्षअघि सन्तान जन्माउनु उपयुक्त हुन्छ।
अन्डा चिस्याउने उपयुक्त समय: करिअरप्रति सचेत हुने महिलाहरुले आफ्नो गर्भधारणालाई केही समय लागि थाती राख्छन्। अर्थात् कतिपय एकल महिलाले आफूले उचित पाटर्नर नपाउँदा बच्चा जन्माउन ढिलाई भइरहेको हुन्छ। त्यही भएर उनीहरुले ३० देखि ३५ वर्षको उमेरको बीचमा आफ्नो उर्वर अन्डालाई चिस्याएर राख्दा उपयुक्त हुन्छ। ३५ वर्ष पछि चिस्याएको अन्डाले उपयुक्त नतिजा नदिन सक्छ। महिलाको जीवनमा सबैभन्दा उपयुक्त उर्वर समय २० देखि ३० वर्ष हो।
पीसीओएस जानौं: पीसीओएस एउटा अवस्था हो जसलाई तपार्इंको छालाको रोग, पिरियड, अनुहारको रौं वा मोटोपनसँग सिमित गर्नु हुँदैन। मासिक धर्म रोकिएपछि पनि यस्तो समस्या देखिन सक्छ। मुटुजन्य रोग, मोटोपन र क्यान्सरको खतराबाट बच्न नियमित गइनोक्लोजिष्ट(स्त्रीरोग रोग विशेषज्ञ) कहाँ जानुहोस् र स्वस्थ जीवनशैली अपनाउनुहोस्।
सुरक्षित सहवास: विवाह अगाडिको सहवास कतिपय समाजमा खुकुलो होला। तर भविष्यमा स्वस्थ जीवन अपनाउन वा यौनजन्य रोगको खतराबाट बच्न पनि यसलाई केही नियन्त्रणको आवश्यकता हुन्छ। आफूलाई यौनजन्य संक्रमण र असुरक्षित गर्भधारणबाट बचाउनका लागि पनि सचेत हुनुपर्छ।
डीएनए परीक्षण: तपाई र तपाईको पाटर्नरसँग तपाईको बच्चाको डीएनए म्याच गर्न सजिलो हुन्छ। सहयोगी प्रजनन गरी बच्चा जन्माउँदा तपाईको बच्चा वंशानुगत रुपमा तपाईंको हो, होइन भन्ने पत्ता लगाउन यो परीक्षण गरिन्छ।