हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

गणतन्त्र संस्थागत गर्दै आर्थिक समृद्धितर्फ जुटौँ : भट्टराई

baburam

गोरखा, १५ जेठ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले गणतन्त्र संस्थागत गर्दै देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्ने बताउनुभएको छ ।

गोरखाको पालुङटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले गणतन्त्रको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने दाबी गर्नुभयो ।

पालुङटार, धुवाँकोटको रातमाटे, च्याङ्ली, मिरकोटको बिर्दी गाउँका स्थानीयसँग अन्तक्र्रिया गर्दै भट्टराईले जनताको समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भूकम्पपछि खानेपानीको सङ्कट भएदेखि कच्ची सडक हुँदा समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ ।

नयाँ शक्ति अभियानका गोरखास्थित संयोजक ऋषवदेव भट्टराईका अनुसार डा भट्टराईले जनतालाई नयाँ शक्तिको संस्थापक सदस्य बन्न आग्रह गर्नुभएको छ । डा भट्टराईसँगै नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य करिष्मा मानन्धर, हरेराम कोइराला, नारायण पाण्डे, बासु कोइरालालगायत नेताहरु गाउँ भ्रमणमा छन् ।

साथै संयोजक भट्टराईसहित जिल्लास्तरीय नेता महेन्द्र श्रेष्ठ, हरिशरण आचार्य, दुर्गा न्यौपानेलगायत सहभागी छन् । डा भट्टराई आज काठमाडौँ फर्कने कार्यक्रम छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution