हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

श्रीलङ्कामा पहिरोमा हराएका सय जनाको मृत्यु भएको घोषणा

srilanka-flood

कोलोम्बो, जेठ १५ गते । श्रीलङ्काका विभिन्न जिल्लामा गत हप्ताको बर्षा र बाढी पहिरोमा परी हराएका सय जनाको मृत्यु भएको घोषणा सरकारले गरेको छ ।

गतहप्तादेखि नै उनीहरुको खोजीको क्रम जारी रहेको भएपनि ठूलो पहिरोमा पुरिएकोले उनीहरुको जिवीतै उद्वारको कुनै सम्भावना नरहेको सरकारले देखेको हो ।

उक्त पहिरोमा परी कम्तीमा पनि १०० जना व्यक्ति हराएका थिए । आज छैठौँ दिनसम्म पनि उनीहरुको खोजी जारी रहेको थियो । तर सरकारले अब जिवीतै पाउने कुनै सम्भावना नरहेको जनाएको हो ।

यसअघि पनि सो पहिरो र बाढीका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६७ पुगेको थियो । हराएका यी १०० जनाको खोजीलाई पनि सरकारले निरन्तरता दिएको थियो ।

प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार बिहानसम्म दिएको जानकारीमा हालसम्म पनि ती व्यक्ति भेटिने कुनैपनि सम्भावना देखिएको छैन ।

श्रीलङ्काली सरकारी अधिकारीहरूले गतहप्ता दिएको जानकारीअनुसार यस पहिरोमा परी ६७ को मृत्यु हुनुको साथै सयभन्दा बढी व्यक्ति बेपत्ता भएका थिए ।

श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण चार लाख ५० हजार भन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् ।

यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन् । विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ ।

श्रीलङ्काको मध्य जिल्ला केगाल्लेमा भारी बर्षापछि दुई वटा इलाकामा गएको भीषण पहिरोको कारण एकै गाउका ३७ व्यक्तिको मृत्यु भएको थियो ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । सो पहिरो प्रभावित इलाकानजिकै रहेका बासिन्दालाई प्रहरीले अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ । रासस÷सिन्ह्वा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution