ब्लुटुथ क्यापबाटै फोन र म्युजिक
क्यापको काम घाम छल्नु र टाउकोलाई सुरक्षित राख्नु हो तर अब यसबाट घाम छल्नुका साथै संगीत सुन्न सकिने र फोन गर्न मिल्ने सुविधाको विकास भएको छ, जसलाई नेपाली बजारमा ‘ब्लुटुथ क्याप’ भनिन्छ ।
विभिन्न ६ वटा रंगमा उपलब्ध यो क्यापको मूल्य २ हजारभन्दा माथि पर्छ । ३ सय एमएएच पावरको ब्याट्रीयुक्त यो क्यापको ब्याट्री ७ दिनसम्म टिक्छ भने यसलाई पानीले पनि असर गर्दैन । क्यापका साथ एक इयरफोन र चार्जिङ केबल उपलब्ध हुन्छ ।
यो क्याप जावलाखेलस्थित युनिक मोबाइल्स एन्ड इलेक्ट्रोनिक्सले पहिलो पटक नेपाली बजारमा ल्याएको हो । क्यापमा ५ वटा स्विच छन्, जसमध्ये ३ वटाले म्युजिक कन्ट्रोल गर्नुका साथै फोन उठाउन र फोन काट्न मद्दत गर्छ । हङकङको प्रख्यात कम्पनी डाइनामिकले उत्पादन गरेको यो क्याप प्रयोग गरी संगीतको आनन्द उठाउन सकिन्छ ।