श्रीमती र छोरीको हत्या गर्ने विमल पुन पक्राउ
पोखरा – श्रीमती र छोरीको हत्या गरेको आरोपमा पोखरा–१४ रातमाटे डाँडा बस्ने ३१ वर्षीय विमल पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ ।
अपराह्न ४ बजे २६ वर्षीया श्रीमती नरमाया श्रीष र ६ वर्षीया छोरी पूर्णिमालाई फलामको रडले टाउकामा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।