तामाङ चलचित्र ‘पहिचान’ राष्ट्रिय नाचघरमा एकहप्ता सम्म प्रदर्शन हुने
काठमाडौं, १४ जेठ । तामाङ चलचित्र पहिचान राष्ट्रिय नाचघर जमलमा एक हप्तासम्म प्रदर्शन हुने भएको छ । आज नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलय पुतलीसडकमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माता तथा निर्देशकले हरेक दिन दुइ सो चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो । कुनै कालखण्डमा राज्यद्धारा जातिय विभेदमा पारिएको कारण जाँगिर खाना र सरकारी सेवामा प्रवेस गर्न आफ्नो जात नै परिवर्तन गर्नु परेको नेपालका तामाङ जातिको वास्तविकतालाई उजागार गरिएको पहिचान चलचित्र भोलि जेठ १५ गते शनिबारदेखि २१ गते सम्म देखाइने निर्देशक धोर्जे तामाङले जानकारी दिनुभयो ।
राष्ट्रिय नाचघर जमलमा दैनिक दिउँसो २ र ५ बजे गरी दुइ पटक चलचित्र देखाइनेछ । चलचित्र पहिचानले थुप्रै पुस्कार पाइसकेको र देशका विभिन्न ठाउँमा प्रदर्शन भइसकेकोले एक हप्ता नाचघरमा हुने प्रदर्शनमा दर्शकको माया पाउँने अपेक्षा रहेको निर्माता राजु तामाङले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँका अनुसार चलचित्र पहिचान विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवमा प्रदर्शन भएर पुरस्कार समेत पाएको छ । पहिचान चलचित्रले आठौं नेपाल अन्तरास्ट्रिय आदिबासी जनजाती चलचित्र महोत्सव २०१४ मा नेपालको तर्फबाट ५ दर्जन भन्दा बढी सहभागी चलचित्रहरु मध्ये उत्कृष्ट चलचित्रको अवार्ड “ नेपाली पानोरमा अवार्ड २०१४“ प्राप्त गर्न सफल भएको थियो । देशभित्र चितवन, हेटौंडा, लमजुङ, गोर्खा, रसुवा, सिन्धुली, पोखरा, काठमाडौंका साथै देश बाहिर अमेरिका, मलेसियामा पनि प्रदर्शन भएर दर्शकबाट राम्रो प्रतिकृया पाएको निर्देशक धोर्जे तामाङले बताउनुभयो ।
आदिवासी जनजाति चलचित्र महासंघको पहलमा अहिले राष्ट्रिय नाचघरमा आदिवासी जनजातिका विषयवस्तु र भाषामा निमार्ण भएका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । आदिवासी जनजातिका चलचित्र प्रदर्शनका लागि हल नपाउने र पाएपनि दर्शकको कमिका कारण समस्या भागिरहनु परेकोले राष्ट्रिय नाचघरसंग अनुरोध गरेर चलचित्र प्रदर्शन गर्ने प्रबन्ध मिलाएको महासंघका अध्यक्ष अमृत सुनुवारले बताउनुभयो । नाचघरले ६ महिना सम्म आदिवासी जनजातिका चलचित्रलाई प्रवद्र्धनका लागि हल सहुलियतमा उपलब्ध गराएकोले भाषाभाषिका चलचित्र प्रदर्शन हुने क्रममा रहेको उहाँको भनाइ छ । सुनुवारको अनुसार जेठ १ गतेबाट शुरु भएकोमा नेवाः भाषा र मगर भाषाका चलचित्र एक÷एक हप्तासम्म प्रदर्शन भइसकेका छन् । तेस्रो हप्तादेखि तामाङ चलचित्र प्रदर्शन हुन लागेको हो । त्यसपछि गुरुङ, राई चलचित्र प्रदर्शन हुने महासंघका अध्यक्ष सुनुवारले बताउँउनुभयो ।
प्रेस बिग्यप्ती
मितिः२०७३।०२।१४
आदरणिय पत्रकार बन्धुहरु,
विभिन्न भाषाभाषि चलचित्र संघहरुको सहभागीतामा आदिवाशि जनजाती चलचित्र महासंघको ब्यबस्थापनमा २०७३ बैशाख २४ गते देखि राष्ट्रिय नाचघर जमलमा नियमित प्रदर्शन गरीने भनीएको आदिवाशि जनजाती चलचित्र विभिद कारणले रोकेता पनि २०७३ बैशाख जेष्ठ १ गतेबाट शुरु गरी यहि मिति २०७३ साल जेष्ठ १५ गते शनिवारदेखि २१ गते सम्म तामाङजातीको चलचित्र देखाउने पालो आएको छ ।
१०० भन्दा बढि तामाङ चलचित्रहरु निर्माण भैसकेको अवस्थामा अव तामाङ चलचित्रहरुले मात्र नभै विभिन्न भाषाभाषि चलचित्रहरुले पनि च्यारीटी शोमा मात्रै सिमित नभई अव राष्ट्रिय नाचघर जमलको सानो हलमा भए पनी दैनिक २ शो प्रत्येक जानजातीको चलचित्रहरुले नियमित शो गर्न पाउने भएको छ । यसले हिजोको दिनमा हल नपाउने समस्याको केहि अंश भए पनी न्युनीकरण गरी दिएको छ भने प्रक्रिया पु–याएर चलचित्र विकास वोर्डबाट सिफारीस सहित चलचित्र प्रदर्शन गर्न पाउँदा यसले बैधानिकता प्राप्त गरी प्रशाशनिक झन्जटबाट समेत मुक्त भएको छ र थोरै मात्रमा भए पनी भाषाभाषि चलचित्रकर्मिहरुले केहि राहतको महशुश गर्न पाएको छ । जुन ब्यवस्थापन आदिवाशि जनजाती चलचित्र महासंघले गरेको छ यसको लागी सम्पुर्ण भाषाभाषि चलचित्र कर्मीहरुको तर्फबाट, तामाङ चलचित्र संघ र पहिचान युनिटको तर्फबाट महासंघ प्रति हार्दिकदा ज्ञापन प्रकट गर्दछ ।
विभिन्न च्यारीटि शो तथा महोत्सफहरुमा आफुलाई मन पर्ने चलचित्र हेर्नबाट वन्चित हुन परेका दर्शक महानुभावहरुले आफुलाई पाएक पर्ने समयमा आफुलाई मन पर्ने विभिन्न भाषा भाषिका चलचित्रहरु हेर्न मात्र पाउने भएनकी एउटै छाना मुनी विभिन्न जातजातीको सांस्कृतिक स्वादको रसपादन गर्दै अन्य हलहरुमा झै छानीछानी विभिन्न साँस्कृतिक समुहका चलचित्र हेर्न पाउने भएका छन् । यसले चलचित्र कर्मिहरुलाई मात्र राहत दिने काम नभएर सिँगो देशका विभिन्न आदिवाशि जनजातीहरुलाई एउटै मञ्चमा उभ्याएर विभिन्न जातको फुलको एउटै माला बुन्ने र भाईचाराको सहजिकरणको काम समेत गरेको छ ।
तसर्थ आदरणिय पत्रकार साथीहरु साथै विभिन्न संघ संस्थाबाट पाल्नु भएका तामाङ चलचित्र लगाएत अन्य भाषाभाषि चलचित्रहरलाई माया गर्नु हुने दर्शक गणहरु प्रति यो निवेदन गर्न चाहान्छु कि विगतमा तामाङ चलचित्र संघ लगाएत विभिन्न भाषा भाषि चलचित्र संघ र आदिवाशि जनजाती चलचित्र संघको ठुलो लडाईको वावजुत केहि मात्रमा भए पनी आफ्नो भाषा, भेषभुषा, धर्म, संस्कृति, रहनसहन तथा ऐतिहासिक विषयवस्तुहरुको खोज अनुसन्धान गरी चलचित्र मार्फत आ–आफ्नो समुदायमा पु–याउने हेतुको साथ आजको दिन सम्म आउँदा यहाँहरुको सल्लाह र सुझावलाई आत्मासाथ गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्तै किसिमको सल्लाह र सुझावको अपेक्षा गर्दै यहि जेष्ठ १५ गते शनिवार देखी २१ गते एक हप्ता सम्म प्रदर्शन हुन गई रहेको चलचित्र “ईतिहासले मेटाईएको तामाङ जनजातीको पहिचान” लाई माया गरीदिनु भै आवश्यक सरसल्लाह र सुझाव सहित प्रचार प्रसारमा समेत सहयोग गरी दिनु हुन आदिवाशि जनजाती चलचित्र महा संघ र अन्य भाषाभाषि चलचित्र संघ लगाएत सम्पुर्ण भाषा भाषि चलचित्र कर्मिहरुको तर्फबाट तामाङ चलचित्र संघ र पहिचान युनिट हार्दिक अपिल गर्दछ ।
धन्यवाद।।।
धोर्जे तामाङ
निर्देशक तथा महासचिव तामाङ चलचित्र संघ
चलचित्र ः ईतिहासले मेटाईएको तामाङ जनजातीको पहिचान
हाल सम्म प्रदर्शन भैसकेको स्थान तथा महोत्सवहरु ः
१) आठौ नेपाल अन्तराष्ट्रिय आदिवासि जनजाती चलचित्र महोत्सव २०१४ मा नेपाली पनोरमा अवार्ड प्राप्त
२) दोस्रो नेपाल अन्तराष्ट्रिय आदिवासि जनजाती चलचित्र विस्तार महोत्सव २०७१ सिन्धुलीमा प्रदर्शित ।
३) ल्क्ष्ँँ भ्हतभलकष्यल क्अचभभलष्लन अन्तर्गत नवलपरासीमा ।
३) ऋष्लभ ःभनब क्ष्लतभचलबतष्यलब िँष्mि ँभकतष्खब िल्भधथ्यचप को आयोजनामा ग्क्ब् का विभिन्न शहरहरुमा
४) ऋबषियचलष्ब तामाङ घेदुङको आयोजनामा ग्क्ब् को ऋबषियचलष्ब अष्तथ मा
५) नेपाल तामाङ तामाङ घेदुङ ःबबिथकष्थब को आयोजनामा ःबबिथकष्थब को विभिन्न शहरहरुमा ।
६) हाल ज्ञण्तज तय ज्ञद्दतज व्गलभ द्दण्ज्ञट प्बतजmबलमग मा आयेजना हुन गई रहेको द्धतज ल्भउब िज्गmबल च्ष्नजतक क्ष्लतभचलबतष्यलब िँष्mि ँभकतष्खब ि९द्धतज ल्ज्च्क्ष्ँँ द्दण्ज्ञट० मा सहभागी हुँदै ।
७) र देशका विभिन्न प्रमुख शहरहरु जस्तैः चितवन, हेटौडा, लमजुङ, गोखार्, धुन्चे जस्ता आदी शहर तथा गाउँहरु च्यारीटि शोहरु प्रशश्त भैसकेको ।
प्रोडक्सन ः को को म्हेन्दो तामाङ फिल्मस् प्रा.लि.
लेखन तथा निर्देशन ः धोर्जे तामाङ
निर्माता ः राजु तामाङ, सह निर्देशन ः बिजेन्द्र लामा
प्रश्तुती ः नेपाल तामाङ घेदुङ संस्कृति घेदुङ लमजुङ
ब्यबस्थापन ः नेपाल तामाङ घेदुङ जिल्ला घेदुङ लमजुङ
संगित ः विश्व दोङ नृत्य ः अजय स्याङतान
कलाकारहरु ः सुर्य तामाङ, एलिना तामाङ, अन्जना तामाङ, प्रेम तामाङ, दावा तामाङ, दोर्जे तामाङ, मनराच तामाङ, प्रितिमान तामाङ, राजु तामाङ समिर श्रेष्ठ आदी ।
कथासार ः विगतमा राज्यले गरेको जातीय विभेदको कारणले गर्दा बाध्यताबश बाबाले आफ्नो वास्तविक जात ढाँटी गुरुङ लेखेर जागीर खाएको मात्र सिजनलाई थाहा मात्र नभएर कुरा जागीर खाँदा माईती मानेको गुरुङ मामा पट्टिको छोरीमाग्न सम्म पुग्छ तर गुरुङ मामाले तामाङनी चेलीको छोरालाई आफ्नो छोरी दिँदा छोरीको जातीय पहिचान नष्ट हुने डरले गुरुङ मामाले आफ्नो छोरी नदिने निधो गर्छ ।
मामाको छोरी बिहे गर्ने सपना चकनाचुर भएपछी सिजनलाई बल्ल आफ्नो वास्तविक पहिचानको महत्व बुझ्दै आफ्नो पुख्यौली थलोमा आफ्नै म्हेमेसंग भेट्ने ईच्छा जागेर आउछ र वावाको निर्देशन अनुसार आफ्नो वास्तविक पहिचान र ईतिहासमा तामाङहरुले किन आफ्नो वास्ताविक पहिचान ढाँटेर जागीर खानु परेछ भन्ने जिज्ञासा मेटाउन गाँउतिर लाग्छ अन्त्यमा आफ्नो बास्तविक जात तामाङ लेखाई पाउँ भनी अदालतसम्म न्याएको ढोका ढक्ढक्याउन पुग्छ ।
निर्देशकको सामान्य चिनारी ः
शिक्षण पेशामा गित २५ वर्षदेखि निरन्तर लाग्दै बाँकी समयमा जातीय संस्थाहरुमा वि.स.ं२०५४ सालदेखि गाउँ ईकाईदेखि नेपाल तामाङ संस्कृति घेदुङको केन्द्रिय सदस्य, तामाङ चलचित्र संघको महा सचिव तथा अन्य विभिन्न संघ संस्थाहरुमा आवद्ध ।
थारेङ थारेङ चलचित्र बाट चलचित्र क्षेत्रमा प्रवेश, हालसम्म आफ्नै लेखन तथा निर्देशनमा २ वटा चलचित्र निर्माण
पहिलो ः दोस्रो तामाङ फिल्म एण्ड म्युजिक अवार्डबाट उत्कृष्ट तामाङ फिल्म अवार्ड प्राप्त गर्न सफल चलचित्र “ह्यो–रेम”
दोस्रो ः पहिचान
@ tamangvoice