नयाँ शक्ति साउदी अरेबियाले गोरखामा भुकम्पबाट पिडीतको लागि सहयोग
इन्द्रराज भट्टराई – गोरखा |अन्तरराष्ट्रिय नेपाली समाज साउदी अरेबिया ( INS-Saudi Arabia) को सहयोगमा नयाँ शक्ति विदेश बिभाग मार्फत गत २०७२ को विनासकारी भुकम्पबाट पिडीत श्री भिमसेन प्रा.वि., रामभन्ज्यांग नामजुंग गोरखाका विद्यार्थी भाइबहिनीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । यसै गरी शैक्षिक सत्रमा हरेक कक्षामा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार वितरणका साथै विद्यार्थी छात्रवृध्दि कोषको स्थापना गरिएको छ ।
कार्यक्म सफल बनाउन सहयोग गर्ने अन्तरराष्ट्रिय नेपाली समाज साउदी अरेबिया ( INS-Saudi Arabia) का संयोजक रमेश लाम्घाडे र सहसंयोजक ध्रुब ढकाल, विद्यालय व्यबस्थापन समिति, स्थानिय बुद्धिजीवि, नयाँ शक्ति गोरखा जिल्ला परिषद र कार्यक्रममा प्रत्यक्ष सहभागी गोरखाका युवा नेत्रृत्वहरू दिनेश गुरूंगले सहयोग गरेका थिए |